चन्द्रपुर,९ माघ ।
चन्द्रपुर ८ सन्तपुरमा रहेको न्यु झरना बोडिङ स्कुलले मुसहर बस्तीका ५० जना बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ ।
सन्तपुर स्थित धुर्मुस सुन्तलीले बनाएको मुसहर बस्तिका बालबालिकालाई सनिबार बिहान एक कार्यक्रमका बिच न्यानो ट्रायाकसुट बितरण गरिएको थियो ।
विद्यालयका संचालक तथा प्रिन्सिपल ऋषिकेस चिमोरियाले आफ्नो स्वर्गिय आमाको सम्झनामा मुसहर बस्तिका बालबालिकाका लागि जाडोमा लगाउने ट्रायाकसुट वितरण गरेको जानकारी दिए ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयकी संचालिका भवानी चिमोरिया तथा संचारकर्मी बाल बिक्रम कार्कीको सहभागिता रहेको थियो । जाडोका बेला आफ्ना बालबालिकाका लागि न्यानो ट्रायाकसुट दिएकोमा मुसहर बस्तिका स्थानीयले न्यु झरना बोडिङ स्कुलका संचालकलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here