रौतहट,११ माघ ।
रौतहटमा संगठित एक गिरोहले हरिणको भन्दै निलगाईको मासु बिक्री गर्दै आएको रहस्य खुलेको छ ।
गिरोहले निलगाई मारेर हरिणको मासु भनि झुक्याएर १ हजारको दरले प्रतिकिलो मासु बेचेको रहस्य खुलेको हो ।दिउसो दिउसो आफुलाई नेता र समाजसेवी भन्ने केही मानिसको एउटा गिरोहले राती राती निलगाई मारेर हरिणको मासु भन्दै बिक्री गरेको रहस्य खुलेको छ । जिल्लाको उत्तरीभेग कटहरिया नगरपालिका १ हर्षाहा देखि वडा २ झौवा,भसेढवा सम्म लालबकैया नदि किनारमा राती राती उनिहरुले निलगाई मारेर रातारात चन्द्रनिगाहपुर लगेर हरिणको मासु भन्दै प्रतिकिलो १ हजारको दलले पटकपटक बिक्री गरेको गाउँलेहरुले बताएका छन ।
हरिण र निलगाईको मासु उस्तै देखिने भएकाले सर्वसाधारण मानिस हरिणको मासु भनेर खरिद गरिरहेको एकजना उपभोक्ताले जानकारी दिएका छन ।
एउटा वसयक जवान निलगाईको तौल १५० देखि २०० सय किलोसम्म हुने गर्दछ।
एउटा निलगाई मारेर हरिणको मासु भनेर भेचेर ती गिरोहले २ लाख रुपैया सम्म ती कमाउने गरेको स्रोतको दाबी छ ।
एकरातमा एउटा निलगाई मारेर डेढ दुई लाख रुपैयाको कमाई हेरेर उनिहरुले निलगाई मार्न लाईसेन्सी बन्दुकको प्रयोग गर्ने गरेको गाउँलेहरुले बताएका छन ।
राती ८ ।९ बजे हर्षाहा,झौवा,भसेढवा भन्दा पश्चिम लालबकैया नदि किनारमा पिकअप गाडीमा लाईसेन्सी बन्दुक लिएर ५÷७ जना मानिस गएर उंखुघारी,कांसघारी छेउमा रहेको निलगाईलाई मार्छन ।
सबैजना मिलेर निलगाईको खुट्टा,टाउको काटेर,छाला छिलेर त्यहीँ छेउछाउमा खाल्टोमा गाडदछन ।
बांकी मासु सोही पिकअप गाडीमा लगेर रातारात चन्द्रनिगाहपुर लगायत जिल्लाका बजारमा हरिणको मासु भनेर प्रतिकिलो हजार रुपैयाको दरले बिक्री गर्ने गरेको गाउलेहरुले नाम न छाप्ने सर्तमा बताएका छन । पछिल्लो समय निलगाईले किसानले लगाएको बालिनाली सखाप पारेको कारण निलगाईको अबैध सिकार भएको देखेर पनि गाउँले किसानहरु मौन बसेका छन ।
निलगाई मार्नु एकातर्फ आफैमा अपराध हुंदैहो अर्को तर्फ उक्त अपराधिक समुहले आर्थिक प्रलोभनमा परेर निलगाई लाई हरिणको मासु भनेर बिक्री गरेर हिन्दु धर्म माथी प्रहार गरिरहेको जानकारहरुको बुझाई छ । गत असार साउन देखि हालसम्म झन्डै १ दर्जन निलगाई मारेर उनिहरुले चन्द्रनिगाहपुर लगायतका स्थानमा लगेर हरिणको मासु भनेर बिक्रि गरिसकेको खोला किनारका बासिन्दाहरुले बताएका छन ।
डिभिजन बन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले निलगाई मार्नु कानुनी अपराध भएको बताएका छन ।
निलगाई संरक्षित जनावर भएकाले त्यसको चोरी सिकारी गर्ने लाई प्रकृति हेररे ६ महिना देखि ३ बर्ष सम्म सजाय हुनसक्ने प्रमुख यादवले जानकारी दिएका छन ।
निलगाईको अबैध सिकार त्यसमाथी हरिणको भनेर मासु बिक्री गर्नु दोहरो अपराध भएकाले त्यस्ता गिरोह लाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासन गम्भीर हुनुपर्ने जानकारहरुको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here