गौर,१२ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्न थालेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सोमवारदेखि आलोपालो अनुसार सेवा दिन थालिएको हो । कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिएको बताएको छ ।
कार्यालयका अनुसार आइतवार र सोमवार गौर नगरपालिका, राजदेवी नगरपालिका, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिएको छ । यसैगरी मंगलवार र बुधवार बौधिमाई नगरपालिका, देवाहीगोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाका नागरिकलाई सेवा दिएने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । बिहीवार र शुक्रवार भने मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने भएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालयरनिकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरीरगराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्नेछन् । यसअघि माघ ६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका० मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।२०७८ माघ १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here