चन्द्रपुर,१२ माघ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा जानका लागि नो खोप कार्ड नो सर्भिस व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा नो मास्क नो इन्ट्री कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा नो खोप कार्ड नो सर्भिस प्राबधान लागू गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गणेश नेपालीले बताए ।
रौतहट जिल्ला प्रशासन कार्यालय जान सोत यस्तै व्यवस्था गरिएको छ । प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे÷नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्रामाणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् । यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो ।