अशोक पहाडी
रौतहट,१३ माघ ।
जिल्लामा सवारी दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिका ४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ,भने ट्रेक्टरले किचेर एकजना बालकको ज्यान गएको छ । मोटर साईकल दुर्घटनामा मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेका छन् ।
बुधबार राति करिब ११ बजे ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल गरुडाबाट मलाही टोल जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते आलम र साहलाई तत्काल उपचारका लागि झाझपुलमा रहेको रौतहट ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
यस्तै जिल्लाको फतुवा बिजयपुर नगरपालिका ९ बडहरवा टोलमा बिहिबार बिहान पौने दस बजेतिर ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय मनोज यादवले चलाएर अन टेस्ट नम्बरको ट्याक्टरले रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्षमियाका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमकबा लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटना पश्चात् फरार भएको मनोज यादवको खोजी भइरहेको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here