चन्द्रपुर,१५ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साहले रौतहटको चन्द्रपुर नगरपालिकाका बिभिन्न विकास निर्माणको कामको अनुगमन गरेका छन् । आफु सहरी विकास मन्त्री हुदा बिनियोजन गरेको रकमबाट बन्दै गरेका भौतीक संरचनाको मन्त्री साहले अनुगमन गरेका हुन् ।
साहसंगै नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी ,कुन्दन कश्वाह , नेकपा एमाले मधेस प्रदेशकी उप सचिव आरती भण्डारी लगाएतले चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानमा हुदै गरेका निर्माणको कामको अनुगमन गरेका थिए ।