रौतहट १५ माघ । रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीको टिकट बाट निर्वाचित वडा अध्यक्ष हिरालाल यादव पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस फतुवा विजयपुर नगर समितद्वारा आयोजित पार्टी प्रबेश कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश सभापति श्री कृष्ण यादवले वडा अध्यक्ष यादव र उनिसंगै कांग्रेसमा प्रवेश गरेका थिए ।
पहिले जनयुद्धको नाउमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बांडेर माओवादीले मधेसी समुदाय लाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हिरालाल यादवले प्रतिक्रिया दिएका थिए ।