चन्द्रपुर,१७ माघ । रौतहटको वनमा पछिल्लो समय काठ चोरी तस्करीमा महिला सक्रिय भएका छन् । जिल्लाको रंगपुर साझेदारी वन क्षेत्रको काठ चोरीमा महिला सक्रिय भएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले बताए । उनीहरुलाई पक्राउ गर्न खोज्दा उल्टै बलात्कारको मुद्धा लगाईदिन्छु भन्दै समितिका हेरालुलाई थर्काउने गरेको अध्यक्ष चौधरीको भनाइ रहेको छ । उनीहरुले काचा सालका रुख काटेर सार्यकलमा लोड गरेर लाने गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here