चन्द्रपुर,१८ माघ ।
रौतहटको चन्द्रनिगाहपुरबाट प्रकाशित हुने तराई एक्सप्रेस दैनिकलाई प्रेस काउन्सिल नेपालले ख बर्गमा सुचिकृत गरेको छ । रौतहटको चन्द्रनिगाहपुरबाट नियमित १६ बर्ष देखी प्रकाशन हुदै आएको तराई एक्सप्रेस दैनिक पत्रिका प्रदेश तर्फ ख बर्गमा पर्न सफल भएको. हो । यस्तै चन्द्रनिगाहपुरबाटै प्रकाशन हुने हाइवे न्युज दैनिक पनि ख बर्षमा पर्न सफल भएको छ । नेपाल सरकारले प्रेस काृस्निस नेपालले सुचिकृत गरेका पत्रिकालाई मात्र स्थानीय तह तथा सरकारी बिज्ञापन प्रकाशन गर्न पाउने कानुनी प्रावधान रहेको भएपनि रौतहटमा कहिले बजारमा नदेखिने पत्रिकालाई स्थानीय तहले बिज्ञापन दिने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर बजारमा कहिले नदेखिने पत्रिकामा बिज्ञापन दिएर रौतहटका स्थानीय तहले नियमित प्रकाशन हुने पत्रिकालाई बिज्ञापन नदिने काम हुदै आएको हाईवे न्युज दैनिकका सम्पादक रमेश तिमलसिनाले बताए ।
प्रेस काउन्सिलले सुचिकृत नगरेका पत्रिका र बजारमा देखा नपर्ने पत्रिकालाई रौतहटका स्थानीय तहले बिज्ञापन दिएर सरकार सम्पतीमा अपचलन गरेको बिषयमा आफुहरु अदालत जाने तयारीमा रहेको तिमलसिनाले बताए ।
रौतहट जिल्लाबाट प्रकाशित हुने तराई एक्सप्रेस दैनिक र हाईवे न्युज दैनिक पत्रिका मात्र नेपाल सरकारको प्रेस काउन्सिल नेपालले सुचिकृत गरेको भएपनि यि दुबै पत्रिकालाई रौतहटका स्थानीय तहले बिज्ञापन दिने गरेका छैनन् । कहिले बजारमा नदेखिने पत्रिकामा ब्याक डेटमा सुचना निकालेर रौतहटका स्थानीय तहले आर्थिक अनियमिता गर्दे आएकाछन् । नेपाल सरकारले अनलाईन मिडियाको नाममा सरकारी रकम भुक्तानी नदिन आदेश दिएको भएपनि रौतहटमा त्यसको पालना हुन सकेको छैन ।
पछिल्लो समय रौतहटमा स्थानीय तहकै कारण पत्रकारको संख्याम समेत बृद्धी हुदै आएको छ ।
बजारमा कहिलै देखा नपर्ने पत्रिका मार्फत रौतहटका स्थानीय तहले पुरानो मितिमा बिज्ञापन प्रकाशन गर्न लगाउने र त्यसाबाट आफुले फाईदा लिने गरेको देखिन थालेको छ । नियमित प्रकाशन हुने पत्रिकाले पुरोनो मितिमा सुचना तथा बिज्ञापन प्रकाशन नगर्ने भएका कारण उनीहरु बन्द भएका पत्रिका र बजारमा देखा नपर्ने पत्रिकामा सुचना प्रकाशन गर्न लगाउने गरेकाछन् ।
एक पटक दर्ता भएको पत्रिकाको दर्ता खारेजि नहने सरकारी प्रवधान रहेका कारण समेत रौतहटमा नाधारी पत्रकारका लागि ती पत्रिका कमाइ खाने भाडो भएकाछन् । २०७८ माघ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here