चन्द्रपुर,१९ माघ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चन्द्रपुर नगर कमिटि गठन भएको छ ।
मंगलबार चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा भएको राष्ट्रिय युवा संघ नेपालको चन्द्रपुर नगर कमिटिको भेला बिक्रिम लामाको संयोजकत्वमा चन्द्रपुर नगर कमिटि गठन गरेको हो । सो कमिटिको सह संयोजकमा सुरेन्द्र साह ,सचिवमा रविन कुमार काफ्ले ,सह सचिवमा उमेश फुयाल ,साह सचिव मान बहादुर स्याङतान ,कोषाध्यक्षमा सर्मिला न्यौपाने रहेका छन् ।
नगर कमिट सदस्यमा संदिप आचार्य,अभि घिमिरे ,राजु मिश्र ,रोषन तिमलसिना ,नवराज देवकोटा ,सुनिल पाण्डे लगाएत ४७ सदस्यीय नगर कमिटी गठन भएको नेकपा एमाले जिल्ला सचिव बाल बिक्रम कार्कीले जानकारी दिएकाछन् । राष्ट्रिय युवा संघ नेपालको चन्द्रपुर नगर कमिटि भेलामा नेकपा एमाले केन्द्रिय सदस्य उद्धद रेग्मी ,जिल्ला अध्यक्ष त्रिभुवन साह ,मधेस प्रदेश सह सचिव आरती भण्डारी लगाएको उपस्थिती रहेको थियो ।
नेकपा एमाले चन्द्रपुरले अन्य भातृ संगनको समेत नगर स्तरिय कमिटि निर्माणको कामलाई अवका दिनमा तिब्र परिने जिल्ला सचिव कार्कीको भनाइ रहेको छ ।