मौलापुर,१९ माघ ।
जिल्ला समन्वय समिति रौतहट र गठबन्धनका केही नताले मौलापुर स्थित ल्याण्ड पुलिङको योजना प्रभावित गर्ने अनेक षड्यन्त्र गरिरहेको आरोप लागेको छ ।
मधेस प्रदेशमै पहिलो पटक एमाले नेता प्रभु साहको सल्लाह अनुसार मौलापुर नगरपालिकाले ७५ बिगहा बढि क्षेत्रफल जग्गामा गरेको लैण्डपुलिङ अर्थात जग्गा एकिकरणको योजना प्रभावित गर्न अनेक षड्यन्त्र भैरहेको देखिएको स्थानीयको भनाइ छ ।
मौलापुरमा भएको लैण्डपुलिङ अर्थात जग्गा एकीकरणको प्रक्रिया पूरा भएर भौतिक संरचना निर्माण हुनलागेको देखेर गठबन्धनका केही नेता तथा जिल्ला समन्वय समितिका पदाधिकारीहरु आत्तिएका हुन ।
जिल्ला समन्वय समिति गठन भएदेखि क्रसर उद्योगी तथा ठेकदार संग मिलोमतोमा नदि दोहन गराउंदै आएका सभापति रामएकवाल यादव र उपसभापति रामअसिस यादव समाजवादीका नेता कमल यादवको प्रभावमा परेर ल्याण्ड पुलिङको योजना रोक्न विभिन्न हतकण्डा अपनाई रहेको मौलापुरका एमाले नेता नागेन्द्र साहले तराई एक्सप्रेससंग गुनासो गरेका छन । जिल्ला समन्वय समितिको अधिकार दुरुपयोग गरि मात्र आर्थिक फाइदा लिन उद्वत सभापति र उपसभापति पछिल्लो समय मौलापुरको जग्गा एकिकरणको योजना रोक्न पटकपटक अनेक षड्यन्त्र गरिरहेको नेता साहको आरोप छ ।
यसअघि झन्डै एकमहिना पहिले समन्वय समितिको ईशारामा प्रहरीलेनै विकासको काममा बाधा पुर्याउन खोज्दा सैयौं मानिसको समूहले ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराउ गरेका थिए ।
देवाही गोनाहिको उपमेयर परनिया देवि पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडा बाट दर्जनौंको संख्यामा गएको समूहले प्रहरी कार्यालय घेराउगरि आन्दोलनमा उत्रेका थिए ।
लगत्तै प्रहरीले नियन्त्रणमा लिएको जेसिबी र ट्याक्टरहरु छोडेको थियो । ल्याण्ड पुलिङ भएको ७५ बिगहा क्षेत्रफल जग्गामा माटो पुर्न लालबकैया नदिको बगरमा उत्खनन तथा ढुवानीमा प्रयोग भएको ट्याक्टर र जेसिबी नियन्त्रणमा लिएको केहिसमय भित्रै छोडेको थियो । बितेको १ महिनाको अवधिमा जग्गा एकीकरणको बांकी प्रक्रिया पूरा गरेर मौलापुर नगरपालिकाले जग्गाधनिहरु लाई लालपुर्जा समेत बितरण सुरु गरिसकेको छ ।
केहीदिन अघि एक कार्यक्रमका प्रमुख अतिथी एमाले नेता तथा पुर्व मन्त्री प्रदीप ज्ञावलिको हात बाट ५ जना जग्गाधनी लाई लालपुर्जा हस्तान्तरण गराएको तथा बांकी धनिलाई मालपोत कार्यालय मौलापुरले बितरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
सम्पुर्ण प्रक्रिया पुरा भै जग्गाधनी लाई पुर्जा समेत बितरण पछि लैण्डपुलिङ गरिएको क्षेत्रमा भौतिक संरचना निर्माण गर्न मौलापुर र गोनाही बीच रहेको लालबकैया नदिको बगर बाट माटो लगेर खाल्टोहरु पुर्ने काम भैरहेको थियो ।
२ दिन अघि कमल यादवको नेतृत्वमा गएको केही मानिसले एकजना ट्याक्टर चालकलाई हातपात समेत गरेर बालुवा माटो उत्खनन रोकेर त्यहा प्रयोग भएको २ वटा जेसिवी नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय देवाही गोनाहिमा बुझाएको थयो ।
एमाले नेता नागेन्द्र साहले ल्याण्ड पुलिङको उदाहरणीय काम देखेर हरेस खाएका कमल यादव र जिल्ला समन्वय समितिका सभापति,उपसभापति मिलेर प्रहरी माथि दवाब दिएर विकास लाई प्रभावित गर्न खोजेको गुनासो गरेका छन । बर्षौभरी सोही ठाउबाट बालुवा ढुवानी हुंदा कसैले केही बिरोध गरेनन् तर अहिले कमल यादवले कैयौं जग्गाधनी खडा गरेर बिरोध सुरु गराएका छन र समन्वय समितिले नियम बिपरित उत्खनन भएको भनेर काम प्रभावित गर्न षड्यन्त्र गरिरहेको नेता साहले बताएका छन ।
४०० भन्दा बढी किसानको ७५ बिगहा भन्दा बढी जग्गा एकीकरण गरेर सबै सुबिधा सहितको सहरी पुर्वाधार तयार गर्न मौलापुर नगरपालिकाले काम गरिरहेको महत्वपूर्ण योजना प्रभावित गर्न समन्वय समिति देखि समाजवादीका नेता कमल यादवले गरिरहेको षड्यन्त्र निन्दनीय रहेको मेयर रिनाकुमारी साहले बनाएकी छिन । २०७८ माघ १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।