चन्द्रपुर,२१ माघ ।
जनमत पार्टीले बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ ।
जनमत पार्टीले पुर्व पश्चिम राजमार्ग बन्द गर्ने हल्ला भएसंगै चन्द्रनिगाहपुरमा ठुलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको थियो ।
न्युन संख्यामा प्रर्दशन गर्न आएका जनमत पार्टीका नेता तथा कार्यकर्ताले किसानमो माग पुरा गर ,प्रहरी दमन बन्द गर जस्ता नारा लगाउदै राजमार्गमा केही बेर बिरोध प्रर्दशन गरेका थिए ।
बिरोध प्रर्दशन पछि चन्द्रनिगाहपुरको तीन कुने पार्कमा सो पार्टीले कोणसभाको आयोजना गरेको थियो । कोणसभामा केन्द्रीय सदस्य ललित मल्लीक ,रघुनाथ साह र अबिनास कुमार साहले सरकारले किसानका जयज माग पुरा नगरे सम्म आफुहरुको आन्दोलन जारी राख्ने बताएका थिए ।
उनीहरुले आज जिल्ला सदरमुकाम गौरमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
चन्द्रनिगाहपुरमा भएको बिरोध प्रर्दशनमा प्रर्दशनकारी भन्दा सुरक्षाकर्मीको संख्या धेरै थियो । न्युन संख्यामा रहेको प्रर्दशनकारी र ठुलो संख्यामा रहेको सुरक्षाकर्मीको भिड हेर्नेको तातीनै लागेको थियो ।
सो पार्टीले चन्द्रनिगाहपुरमा राजमार्ग बन्द गर्ने प्रयास लामो समय देखी गरेको भएपनि उनीहरले राजमार्ग बन्द गर्न भने सकेका छैनन् ।