गौर,२३ माघ । रौतहटको गौरमा ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको सेवा शुरु भएको छ ।
रौतहटमै हालसम्मकै सबैभन्दा उच्चतम गतिको इन्टरनेट सेवा वल्र्डलिंकले शुरु गरेको हो । रौतहटमा पहिलो पटक तिन सय एमबिपिएस गतिको सेवा शुरु गरेको वल्र्डलिंकको गौर शाखाले जनाएको छ ।
वल्र्डलिंकले १ सय ५०, २ सय २५ र ३ सय एमबिपिएसको स्पीडमा वल्र्डलिंकले गौरमा सेवा शुरु गरेको गौर शाखाका प्रमुख गौतम श्रेष्ठले जनाकारी दिएका छन् ।
वल्र्डलिंकले ल्याएको यो सेवा रौतहटमा हालसम्मकै उच्च गतिको हो । “हाम्रो प्याकेजको न्यूनतम स्पीड १ सय पचास एमबिपिएस छ । गौरमा हाम्रो न्यूनतम स्पीड बराबर अन्य इन्टरनेट कम्पनीको अधिकतम स्पीड छैन ।” शाखा प्रमुख श्रेष्ठले भने “ग्राहकहरुलाई उच्चस्तरीय ईन्टरनेट सेवाका लागी हामीले ३ सय एमबिपिएस सम्मको स्पीड दिएका छौं ।” वल्र्डलिंकको फोटोन सिरिज अन्तर्गत द्रुतगतिको सेवा सुचारु भएको उनले बताए ।
कम्पनीले रौतहटको चन्द्रपुर, गरुडा र गौरमा सेवा शुरु गरेको छ । जिल्लाका सबै पालिकाहरुमा सेवा विस्तारको काम भइरहेको श्रेष्ठले बताए । वल्र्डलिंकको ईन्टरनेटमा ६ हजार भन्दा बढी सिनेमा र वेभ सिरजको साथमा १ सय भन्दा बढी एचडि र १२० भन्दा बढी नर्मल च्यानेल सहितको टिभि सुविधा समेत ग्राहकले पाएका छन । फोटोन सिरिज अन्तर्गत गौरमा ग्राहकहरुलाई फाइभ जी राउटर उपलब्ध गराइएको छ ।
नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ ।
विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । हाल देशका ७५ जिल्लामा वर्ल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here