चन्द्रपुर,२४ माघ ।
रौतहटका प्रदेशसभा सदस्य मधेस प्रदेशको राज्य मन्त्री बनेकाछन् । मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएको हो । उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् ।
उनलाई आईतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनी राज्यमन्त्री बनेका यादव रौतहटका हुन् । यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।
यो संगै अब मधेश सरकारको मन्त्री मण्डल १४ सदस्य भएको छ । मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री रहेका छन् । रौतहटको रंगपुर साझेदारी वनका पुर्व अध्यक्ष समेत रहेका यादव नेकपा एमालेबाट रौतहट क्षेत्रनं ३ ख बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
पछिल्लो समय माधव नेपालले पार्टीबाट अलग भएपछि यादव पनि नेकपा एकिकृत समाजवादी पार्टीमा गएका थिए । उनी सिमरा भवानीपुर गाविसका पुर्व अध्यक्ष समेत हुन । २०७८ माघ २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here