ईशनाथ,२५ माघ ।
रौतहट स्थित विभिन्न सरकारी सेवामा रहेर अकुत सम्पत्ति जोड्न सफल नन्दकिशोर गुप्ता स्थानीय तहको निमित्त प्रमुख अर्थात हाकिम बन्न मन्त्रालय धाउन थालेका छन ।
ईशनाथ नगरपालिकाका नगरशिक्षा संयोजक गुप्ता ईशनाथकै हाकिम बन्न कहिले मधेस प्रदेशको राजधानी जनकपुर देखि काठमाडौ सम्म धाईरहेका छन ।पछिल्लो केही दिनदेखि उनी शिंहदरवार स्थित संघीय सामान्य प्रशासन मन्त्रालयको चक्कर लगाईरहेको देखिन्छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय गौरमा बिधालय निरीक्षक पदमा रहेर गैरकानुनी शिक्षक नियुक्ति देखि अनेक जालझेल गरि करोडौंको सम्पत्ति जोडेका गुप्ता अहिले पालिकाको हाकिम बन्न मरिहत्ते भएका छन ।
जिल्ला शिक्षा कार्यालय रौतहटमा अनियमितता गरेकै कारण अख्तियार दुरुपयोग अनुसंधानले गुप्ता लाई केही महिनाको लागि निलम्बन समेत गरेको थियो । जसपाका एकजना नेतालाई साथमा लिएर नगर शिक्षा संयोजक नन्दकिशोर गुप्ता ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिम बहादुर भुजेलको सरुवा गराई उनकै स्थान मा आउन सामान्य प्रशासन मन्त्रालयमा हिमचिम बढाएका छन । ईशनाथ नगरपालिकामा निमित्त प्रमुख बन्न मन्त्रालयमा लाखौंरुपैया दिएर तिनजना कर्मचारीले हानथाप गर्न थालेपछि मन्त्रालयका सचिव सुरेश अधिकारीको निर्देशनमा त्यहा उपसचिव भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर गत पुस २० गते पठाएको थियो । भुजेल प्रमुख प्रशासकिय अधिकृत भएर ईशनाथ नगरपालिकामा हाजिर भएको १ महिना नबित्दै उनको सरुवा गराउन गठबन्धनकै केही नेता लागिरहेको देखिएको छ । यस अघि केही समयका लागि फतुवा बिजयपुर र ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेर विभिन्न शिर्षकको लाखौं रुपैया कुमल्याउन सफल गुप्ता अहिले सामान्य प्रशासन मन्त्री लाई रिझाउन जसपाका एकजना नेता मार्फत रकमी चलखेल देखि अनेक हतकण्डा प्रयोग गरिरहेको समाचार स्रोतले जनाएको छ ।
शिक्षा संयोजक नन्दकिशोर गुप्ता आफ्नो जिम्मेवारी पूरा नगरी संधै विभिन्न पालिकाको हाकिम बनेर अबैध तरिकाले रकम कमाउने दाउमै रह्ने गरेको ईशनाथ नगरपालिकाका कर्मचारीहरुले गुनासो गरेका छन ।
ईशनाथ नगरक्षेत्र भित्रै घर भएका गुप्ता स्थानीय केहि नेताहरूलाई प्रभावमा पारेर पटकपटक नगरपालिकामा अनेक बिवाद गराउंदै आएको स्वंय जनप्रतिनिधिहरुले स्वीकार गरेका छन ।
यस अघि ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुंदा गुप्ताले सूचना लुकाएको भन्दै राष्ट्रिय सूचना आयोगले साढे ७ हजार रुपैया जरिवाना गरेको थियो । स्थानीय निर्वाचनको तिथि नजीकभै जनप्रतिनिधिको अवधि समाप्त हुनलाग्दा लाखौं खर्च गरेर शिक्षा संयोजक गुप्ता हाकिम भएर नगरपालिकामा मनोमानी ढंगले आर्थिक अनियमितता गर्ने दाउमा रहेको स्रोतको दाबी छ ।पछिल्लो केही समय देखि मधेस प्रदेशका एकजना जसपाका राज्य मन्त्रीले १० लाख रुपैया लिएर प्रदेशैभरिको अधिकांश पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको पद बांडेका छन ।
केहि पालिकामा माग अनुसारको रकम नदिंदा निमित्त बाट झरुवा र केहिको सरुवा समेत गराएको समाचार प्राप्त भएको छ । २०७८ माघ २५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here