कटहरिया,२५ माघ ।
रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेस पार्टी भित्र विभिन्न नगरपालिकाको मेयर पदको लागि मारामार देखिएको छ ।
क्षेत्र ३ अन्तर्गतको प्रायः सबै नगरपालिकामा कांग्रेस पार्टी बाट ६ जना सम्म मेयर पदका दावेदार देखिएका छन । सरकारले निर्वाचनको मिति तोकी सकेको समय कांग्रेस पार्टीका मेयरका दावेदारहरुले सामाजिक संजाल फेसबुक मार्फत आआफ्नो उम्मेद्बारीको घोषणा गरिरहेका छन । कतिपय मेयर पदका दावेदारले खुलेरै प्रचारप्रसारमा लागि रहेको देखिन्छ । रौतहटको
गुजरा नगरपालिकामा मेयरका प्रत्याशी स्वर्गीय शेख दाउदका छोरा शेख एकरामुल,सबिर हुसैन,शेख महिबुल हक,र कुमार चौलागाईंले मेयर पदको लागि दावेदारी गरिरहेका छन । त्यसैगरी अहिले कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकामा मेयर पदको लागि कांग्रेसबाट कसले टिकट पाउने भन्ने चर्चाको बिषय बनेको छ ।
फतुवा बिजयपुरमा मेयर पदको लागि अहिलेसम्म पुर्व सांसद सुनिल यादवका भाई ज्ञानेन्द्र यादव र उनका फुफुको छोरा बर्तमान मेयर गोपाल यादव आकांक्षी देखिएका छन । गोपाल यादव लाई नगरबासिले मेयरको रूपमा एकपटक हेरिसके अब युवाको नाताले मैले टिकट पाउनुपर्ने भन्दै ज्ञानेन्द्र यादवले मेयर पदको लागि दाबी गरेका छन । फतुवा बिजयपुर नगरक्षेत्रमा अहिले ज्ञानेन्द्र यादवको चर्चा चलिरहेको छ । क्षेत्र ३ को मुटुको रूपमा रहेको कटहरिया नगरपालिकामा कांग्रेस पार्टी बाट मेयर पदको लागी सबैभन्दा बढी आकांक्षी देखिएका छन ।
कटहरियामा जवाहर यादव,अजय प्रकाश जयसवाल वाल्मीकि यादव,उमेश यादव,सम्भुकान्त यादवले मेयर पदको लागि दावेदारी गरिरहेका छन । खाली पैसाको भरमा केही हुंदैन पार्टी भित्र योगदान पनि हुनुपर्छ भन्दै उनिहरु आआफनै पक्षमा वकालत गर्दै हिंडेका छन । उता गरुडा नगरपालिकामा सुनिल यादव,रंगिला देवि जयसवाल,रामभरोस यादवले मेयर पदको टिकट पाउने दावेदारी गरिरहेका छन ।
त्यस्तै देवाही गोनाहिमा भोला यादव,अर्जुन यादव राजकिशोर यादव ,शेख बच्चा बाबू ,र सुरेश यादव, तथा मौलापुरमा संतोष साह,पृथ्वीनारायण यादव,दामोदर यादवले मेयर पदको लागि दावेदारी गरिरहेका छन ।
रौतहट क्षेत्र ३ अन्तर्गत मेयर पदका लागि आआफ्नै दावेदारी र उम्मेद्बारीको घोषणा गरेपनि कांग्रेसको जिल्ला अधिवेशनले टिकटको फैसला हुनेमा कतिपयले आंकलन गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here