चन्द्रपुर,२८ माघ ।
डिभिजन वन कार्यालय रौतहट र स्थानीय प्रहरीले जिल्लाको वनमा हरिण ,मृग,बंदेल मार्नेलाई पक्राउ गर्न नसकेपनि वन बिरालो मार्नेलाई भने पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहिया नजिकबाट कटास वनडा“डे प्रजातिको ७ वटा मृत वन विरालो सहित ५ जना पक्राउ परेको छ । बुधबार बेलुका साझ ६ बजेको समयमा जंगलसहिया चौक देखि पश्चिम बाटोमा रातो झोलामा बोकि लगिराखेको अबस्थामा ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी टोलीले चेक जा“च गर्दा मृत अवस्थामा रहेको ७ वटा वन विरालो सहित ५ जनालाई पक्राउ परेको हो । पक्राउ परेको ७ वटा मृत वन बिरालो र ५ जनालाई जंगलसहिया सव–डिभिजन वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिएका छन् । पक्राउ पर्नेमा बारा जिल्ला गढिमाई नगरपालिका वडा नम्बर १८ का १८ बर्षिय पप्पु बरै,३५ बर्षिय संजय बरै,१८ बर्षिय अक्षय बरै,१८ बर्षिय सुनिल बरै र १८ बर्षिय निरज बरै रहेको जंगलसहिया सव–डिभिजन वन कार्यालयका प्रमुख बैजनाथ मण्डलले जानकारी दिएका छन् ।
पक्राउ परेका ५ जनालाई नियन्त्रणमा राखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्र्तगत दफा २०२९ बमोजिक कार्वाही गरिने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । स्थानीयले भने वन कर्माचारी प्रहरीले मासुको भागबण्डा पाउने भएका कारण हरिण ,मृत ,बंदेल मार्नेलाई उन्मुक्ति दिदै बिरोलो मार्नेलाई पक्राउ गरेको भन्दै समाजिक संजालमा आलोचना गरेकाछन् । पक्राउ परेका बन्जराहरुका श्रीमतीहरु भने आफ्नो पतीको हिराईको माग गर्दै डिभिजन वन कार्यालय अगाडी धर्नामा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here