चन्द्रपुर,१ फागुन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्था नाजुक बन्दै जान थालेको छ । अस्पतालबाट आम नागरिकले समान्य सेवा समेत पाउन छाडेका छन् । अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रेको तीन बर्ष बित्न लाग्दा समेत अस्पातलमा एक्सरे मेशिन आउन सकेको छैन् ।
तीन बर्ष देखि एक्सरे चलाउने प्राबिधिकले कामै नगरी मासिक रुपमा तलव बुझ्दै आएकाछन् । एक्सरे मशिन चलाउने जिम्बेवारी पाएका दिपेन्द्र झाले बिगत लामो समय देखी कामै नगरी तलव भत्ता बुझदै आएकाछन् । चन्द्रनिगाहपुर सरकारी अस्पताल रिफर अस्पतालका रुपमा परिणत हुदै आएको छ । अस्पतालका कर्मचारी सरकारी अस्पतालमा आउने बिमारीलाई चन्द्रनिगाहपुरकै निजी अस्पतालमा रिफर गरेवापत कमिशन समेत लिने गरेकाछन् ।
अस्पतालाको अवस्था दयनिय बन्दै गएको भएपनि जनप्रतिनिधिले कुनै चासो नदिएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा युवा समाजसेवी नरेश लामिछानेको भनाइ रहेको छ । अस्पतालको शौचालय फोहर रहेकाले अस्पतालमा कर्यरत कर्मचारीहरु आफै समस्यामा परेकाछन् । छात्रबृतीमा आएका प्रशिक्षार्थी डाक्टर संजिव कुमार साह नियमित रुपमा सरकारी अस्पतालमा नवसेर चन्द्रनिगाहपुर देखी गरुडा सम्मका निजी अस्पातलमा जाने गरेकाछन् । उनको नेमप्लेट चन्द्रनिगाहपुर सबै जसो अस्पतालमा देखिन्छ ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट बिमा गराएकाहरुले समेत औषधी पाउन छाडेको चन्द्रपुर ८ का अच्युत हुमागांइको भनाइ रहेको छ । आफु भन्दा जुनियरलाई स्टोर किपरमा जिम्बेवारी दिएको भन्दै डाक्टर साहसंग असन्तुष्टी व्यक्त गर्ने तीन जना कर्मचारीलाई साहले २० दिन काम काम नगर्ने भन्दै चिठी समेत टाईप गर्न लगाएका थिए । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी स्वयम संचालक समितिको अध्यक्ष रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्था नाजुक बन्दा समेत उनले चासो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
करारमा कार्यरत डाक्टर साहलाई खाता पाता संचालनको जिम्मा दिने गरी नगरप्रमुख रामचन्द्र चौधरीले निर्णय गरेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीले बिरोध जनाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here