रौतहट,१ फागुन । समाजिक संजालमा पत्रकारलाई गाली गर्ने माथि कार्वाहीको माग गरिएको छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको बेथितीको बिषयमा बिभिन्न संचारमाध्यममा समाचार प्रकाशमा आएपछि चन्द्रनिगाहपुर अस्पतालका डाक्टर संजिव कुमार साहको ईसारामा उनका भाई लगाएतले समाजिक संजालमा पत्रकारका बिरुद्ध बिष बमन गरेका थिए । प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष डिल्ली बहादुर कर्की र प्रेस चौतारी रौतहटका सचिव मुकेश कुमार साहले बिज्ञप्ती जारी गर्दे डाक्टर साहलाई कार्वाहीको माग गरेका हुन । चन्द्रनिगाहपुरका पत्रकार डाक्टर साहको बिषयमा नगरप्रमुख रामचन्द्र चौधरीसंग समेत भेटने भएको छ । चन्द्रनिगाहपुर अस्पतालको अवस्था नाजुक बन्दै जान थालेपछि संचारमाध्यमले समाचार प्रकासन प्रशारण गरेका थिए ।


