रौतहट,१ फागुन । मधेस प्रदेश सरकरले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा पहिलो पटक १ फागुनमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।उनका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएका परिवारजनलाई तीन लाख अनुदान दिने निर्णयसमेत भएको छ । तर पहिलो चरणमा जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप तत्काल एक लाख नगद दिने निर्णय समेत गरेको छ । बाँकी रकम पछि दिने मन्त्री साहले बताए ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई एक लाख दिने निर्णय गरिएको उनको भनाइ छ । आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here