नेपाली कांग्रेसका मधेस प्रसेश कमिटिका सदस्य सुर्य थापाले आउदो स्थानीय तहमा रौतहटमा नेपाली काग्रेसको बिकल्प नभएको बताएकाछन् । उनले देश, जिल्ला, नगर अनि वडामा नेपाली कांग्रेसको विकल्प नभएको पनि बताउदै आएकाछन । नेपाली कांग्रेस यमुनामाई गाउ कमिटिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले जनताले कम्युनिष्टहरुलाई देश चलाउन भनेर दुई तिहाइ हाराहारी बहुमत दिएपनि ३ वर्षपनि राम्रोसंग सरकार चलाउन नसकेर तितरवितर भएकाले अहिले कांग्रेसको नेतृत्वमा देश राम्रो गतिमा चलिरहेको दावी गरे । उनले देशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काँग्रेसकै नेतृत्व आवश्यक पर्ने इतिहास भएकाले यसपालि नेपाली काँग्रेसलाई तीनै तहको चुुनावमा जनताले अत्याधिक मत दिएर जिताउनु पर्ने तर्क गरे । देशलाई समृद्ध बनाउन नेपाली काँग्रेसले मात्र सक्छ उनले भने, इतिहासदेखिनै जनताको एजेन्डा नेपाली काँग्रेसले बोक्दै आएको छ । त्यसैले अब हुने हरेक चुनावमा जनताको रोजाई नेपाली काँग्रेसनै हुनेछ । नेपाली काग्रेसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुख पदका वलिया दावेदार समेत रहेका थापाले बैशाख ३० मा हुन लागेको स्थानिय तहको निर्वाचनमा एकढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गर्दै कम्युनिष्टलेनै सत्ता संचालनको लागि काँग्रेस रोजेकाले जनताले कम्युनिष्ट रोज्न आवश्यक नभएको जिकिर गरे । नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाका गाँउ सभापति सिताराम यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित मधेस प्रदेश कमिटिका सभापति कृष्णा यादव , मधेस प्रदेश सदस्य सुर्य थापा , नितेश गुप्तालाई सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here