चन्द्रनिगाहपुर,४ फागुन । आगामी मार्च १ देखि जनकपुरधामबाट पोखराको सिधा उडान हुने भएको छ ।
बुद्ध एयरले जनकपुरधाम र धनगढीबाट पोखराका लागि उडान भर्ने जनाएको छ । शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए । साताको ३ दिन सोमबार, बिहिबार र शनिबार जनकपुरधाम र पोखरा उडान हुने र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबार हुने कर्णले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here