रौतहट,४ फागुन । बिभिन्न दलले एमसिसिको बिरोधमा आयोजना गरेको नेपाल बन्दका कारण रौतहटमा सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । पुर्व पश्चिम राजमार्गमा यात्रु वाहक सवारी साधन चलेका छैनन् । चन्द्रनिगाहपुर गौर सडक खण्डमा समेत यात्रु वाहक सवारी चलेका छैनन् । निजी सवारी साधान र ट्रकहरु चलेको भएपनि यात्रु वाहक सवारी चलेका छैनन् । जिल्लाका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।