चन्द्रपुर,५ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाज परिवर्तनका लागी शिक्षा महत्वपुर्ण रहेको बताएकाछन् ।
ञशिक्षानै आवश्यक रहेको बताउदै राउत मधेसमा शिक्षाको विकासका लागि आफु लागि परेको बताएकाछन ।
रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा श्री कृष्ण प्रणामी धर्म महोत्सव उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सोच सगै समाज परिवर्तन गर्न शिक्षाले नै महतवपूर्ण हुने बताएका हुन ।
उनले भने, हामी सबै मिलेर आफ्नो बालबाच्चालाई शिक्षा दिनुनै आजको आवश्यता रहेको हो । सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पछिल्लो समय रौतहट धार्मीक अस्थासंगै जिल्ला धार्मिक पर्यटकीय स्थाल बन्दै गएको बताएका छन् । रौतहटलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्न मधेस प्रदेश सरकार लागि परेको समेत बताए ।
रौतहटको विकास धार्मिक गतिबिधिको विकास गर्न मधेस सरकाल साकरात्मक पनि रहेको बताए । बृन्दावनमा रहेको सुखा सिमरास क्षेत्रलाई पर्यटकिय स्थल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
मधेस सरकारले रौतहटमा रहेका पर्यटकिय स्थलको विकासका लागि सक्दो सहयोग गर्ने समेत बताए ।
बुधबार आयोजित श्री कृष्णा प्रणामी धर्म महोत्सव कार्यक्रममा बोल्दै मधेश प्रदेशका भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटमा धार्मीक अस्था बढ्दै गएकोले त्यस्ता स्थानको पहिचान गरेर आफुहरुले विकासको गतीलाई अगाडी बढाउने बताएका छन् । उनले भने, धार्मीक अस्था बढ्दै जादा जन मानसमा सदभाव समेत बढेको बताए । श्री कृष्णा प्रणामी धर्म महोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य धनलाल ठोकर, शेख फुलबाबु, संबिधानसभा सदस्य देबेन्द्र पटेल लगाएत बिभिन्न भक्तजन तथा गुरुजनहरुको सहभागीता रहेको थियो ।