चन्द्रपुर,५ फागुन ।चन्द्रपुर नगरपालिकाले नदिजन्य बस्तु उत्खननका लागि ठेक्का लगाएको ठेकेदारलेगांउनै धरापमा पर्नेगरी चांदी खोला उत्खनन गरेको भन्दै स्थानीयले बिरोध जनाएकाछन् ।
बुधबार स्थानीयले खोला उत्खनन कार्यमा रोक लगाएका छन् । मरधरको निकास स्थनमै ठेकेदारले खोलानै थुनेर ग्रेवल निकालेपछि स्थानीयले गाउनै खतरामा परेको भन्दै उत्खननमा रोक लगाएको स्थानीय पार्वर्ती कार्कीले तराई एक्सप्रेसलाई बताइन् ।
चन्द्रपुर नगरपालिकाले सो स्थानबाट नदिजन्य बस्तु उत्खननका लागि ठेक्का लगाएकोमा ठेकेदारले मनोमानी तरिकाले पानीको वहावनै रोकेर खोलाबाट ग्रेवल निकाले पछि मरधरका स्थानीय बासिन्दा आक्रोसित बनेका थिए ।
चा“दी खोला उत्खननका लागि ठेक्का पाएको ठेकेदारले खोलामा तीन मान्छे गहिरो खाल्डो बनाएर छाडेने गरेका कारण स्थानीयका बालबालिका जोखिममा परेको स्थानीयको भनाइ रहेको छ । बुधबार दिउसो स्थानीय बासिन्दाले खोलाबाट ग्रेवल निकाल्नका लागि रोक लगाएपछि ठेकेदारले खोला थुन्नका लागि ल्याएको दुई थान ह्युमपाईप समेत लिएर गएको स्थानीयको भनाइ रहेको छ ।
स्थानीय बासिन्दाले नगरपालिकाले तोकेको ठाउ र मापदण्ड अनुसार उत्खनन नगरेको भन्दै बिरोध जनाउदै आएकाछन् । सो स्थानमा गत साल समेत सो स्थानमा ठेकेदारले खनेका खाल्डाका कारण स्थानीय बासिन्दा आफ्ना बालबालिका खाल्डामा पर्ने डरमा थिए ।
यस बर्ष समेत ठेकेदारको बिरुद्धमा स्थानीयले आवाज उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here