भयो अत्यन्त पेचीलो यो सवाल एमसीसीको
सडकमा सदनमा छ वबाल एमसीसीको
देखाएर अमृत झैँ ल्याएर विषको घडा
पीयूष हो पिउनु भन्छ दलाल एमसीसीको
स्वाधीनता कैद गर्न जुटे गद्दार राष्ट्रकै
जोडतोडले गराउन बहाल एमसीसीको
राष्ट्रवाद घन्काउने मुख नै ति मूक छन
बुझो खाँदेर मुख थुन्ने कमाल एमसीसीको
गोर्खाली जुरमुराउ काँधमा काँध मिलाउ
प्रतिकारमा उचालेर मसाल एमसीसीको
रामचन्द्र तिमल्सिना
चन्द्रपुर-८ रौतहट