चन्द्रपुर,१० फागुन ।
चन्द्रपुर नगरपालिकाको डावरी पर्यटकिय तथा पिकनिक स्थल संरक्षणको अभावमा फोहोर बन्दै गएको छ । सो स्थानमा रहेको शौचालय समेत यतीबेला कामै नलाग्ने अवस्थामा पुगेको छ । डावरीमा पिकनिक जानेहरु शौचालय अभावमा जंगलमानै जाने गरेकाछन् । पिकनिक जानेहरुले फालेको फोहोर समेत त्यही स्थानमा कुहिएर दुर्गन्धित बनेको स्थानीय बासिन्दाले बताउदै आएका छन् ।
डावरी पर्यटकिय स्थललाई संरक्षणका लागि चन्द्रपुर नगरपालिकाले चासो नदिएको स्थानीय बासिन्दा सहदेव केसीले बताए ।
चन्द्रनिगाहपुरबाट नजिकको स्थानमा रहेको डावरी जरुवा पानीका लागि समेत प्रख्यात रहेको छ । सो स्थानको उचित संरक्षण गर्न सके स्थानीय पर्यटकका लागि अवका रुपमा चिनिने भएका कारण सबैले यसको संरक्षणमा चासो दिनुपर्ने चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका युवा नेता प्रलाद मैनालीको भनाइ रहेको छ । डावरीको भौतिक संरचना निर्माणमा समेत चन्द्रपुर नगरपालिकाले खासै ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । सो स्थानमा बाल उद्यन्न लगाएतका संरचना बनाउन सके चन्द्रनिगाहपुर क्षेत्रको शोभा बढने स्थानीयको बुझाइ रहेको छ । चारै तिर जंगल रहेको सो स्थानमा जमिन मुनीबाट पानी १२ मासनै आउने गरेको छ । डावरीको उचित संरक्षणमा आफुहरुले चासो लिएको नेपाली कांग्रेस चन्द्रपुरका सभापति मुकेश गिरीले बताए ।