चन्द्रपुर,११ फागुन ।
पुर्व पश्चिम रेलको ड्याम बनाउने काममा पेटी ठेक्का पाएकाहरुले झेल गरेका कारण त्यो ड्याम टिकाउ नहुने स्थानीयले बताएकाछन् ।
रौतहटको चन्द्रपुर ८ मा निर्माण भइरहेको रेलमार्गमा कमअसल सामाग्रीको प्रयोग भएको भएपनि सम्नधीत निकायले त्यस तर्फ ध्यान दिएको पाईदैन ।
प्रयोग भएको कमसल सामग्री हटाएर पुन निर्माण कार्य लाई तीव्रता दिइएको बताईएपनि सो स्थानमा बागमतीको ग्रेवल हाल्नुपर्ने सम्भौता भएपनि पेटी ठेकेदारले चा“दीको ग्रेवल हालेर अनियमिता गरेको स्थानीय बासिन्दाले बताएका छन ।
रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाउन निर्देशन दिए पनि पेटी ठेकेदारले चांदीको ग्रेवल हालेर गुणस्तरहिन काम गरेको रेल बिभागका कर्मचारीले बताए ।
लामा गोल्ड नगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायँ बाया रेलमार्ग निर्माणको जिम्मा लिएको भएपनि उस्ले अर्कोलाई पेटी ठेक्कामा काम दिएको छ । रेलमार्ग निर्माण गर्दा मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरको स्तरमा रोलिङ गर्नु पर्ने लागत ईस्टिमेटमा रहेको भएपनि हाल सम्म त्यसो नगरेका कारण गत माघमा परेको पानीलेनै रेलको ड्याम भत्काएको थियो ।
रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना साईटका सब ईन्जिनियर श्याम श्रेष्ठले रेलमार्ग निर्माण कार्यमा लागत ईस्टिमेट अनुरूपको कार्य गराउन आफूहरू लागिपरेको बताए पनि ठेकेदारले अटेर गरेको बताए । सो क्षेत्रमा निमार्ण कम्पनीले रेलवेको माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्ट निर्माण कार्य गरिरहेको छ ।कल्भर्ट लगाएतको सबै काम गुणस्तरहिन रहेको सन्तपुरका स्थानीय बासिन्दा राजन तिलसिनाले बताए । २०७८ फागुन ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशति समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here