संजय कुशवाहा
नवलपरासी १२ फागुन ।
नवलपरासीमा मदारबाबा मेला भर्न आएका एक भारतीय पुरूषको मृत्यु भएको । नवलपरासी पुर्व विनई त्रिवेणी गाउँपालिका वडा न.६ परसैया स्थितबाट नै किलोमिटर दुर्गम पहाडीमा रहेको मदारबाबा मजारमा दर्शन गर्न जादै गरेको अवस्थामा भारतको कुशीनगर जिल्ला स्थित कप्तानगञ्ज घर भएका अन्दाजी ४५ वर्षका विनोद सहानी नाम गरेका व्यक्तिको पहाड चढ्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको तथा उनका आफन्तलाइ बोलाउने खबर गरिएको पुर्वि नवलपरासीका प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए ।

प्रहरी निरीक्षक सिंहले दिएको जानकारी अनुसार विहिवार विहान साढे १० बजे प्राप्त भएको खबर अनुसार प्रहरी घटना स्थल पुगेर शव मुचुल्का तयार गरि पोष्टमार्टमका लागि पश्चिम नवलपरासी पठाएको छ ।

उनले अगाडि भने, मृत्यु हुनुको कारण खुल्न सकेको छैन । उनका घरका परिवारलाइ बोलाइएको छ । उहाँहरू समेत आइसकेपछि हुने अनुसन्धानबाट मृत्युको कारण खुल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here