बर्दिवास,१३ फागुन । लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नं. ९ बस्ने २३ वर्षीय राकेश साह रहेका छन् । कार्कीको ज्याकेटको गोजीबाट लुकाई छिपाई राखेको प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रो.ट्याब्लेट ८ पिस र साहको गोजीमा रहेको नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रो.ट्याब्लेट ३ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here