अमृत सापकोटा, चन्द्रपुर,१६ फागुन ।
चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्ण प्रणामी मन्दिर परिसरमा धर्म महोत्सव एवं ५७ औं बार्षिकोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन अघि मन्दिर परिसरबाट निकालिएको रथ र कलश यात्रा सहितको शोभा यात्रा अल्टिोकि, सिन्दुरेघारी, परिक्रमा गरी पुन मन्दिर स्थलमा विशर्जन गरिएको थियो । स्थानीय संघ संस्था, किर्तन मण्डली, विद्यालय बिभिन्न समूहहरुको सहभागितामा सो कलश यात्रा सम्पन्न भएको आयोजक समितिका अध्यक्ष प्रकाशराज सापकोटाले बताए ।
कार्यक्रमा निजानन्दधाम नजरपुरका गधिपति सन्त श्री सुरन्द्र गुरुजी, कृष्ण प्रणामी धर्मका केन्द्रिय प्रवक्ता कृष्ण प्रसाद सापकोटा, धर्म प्रचारक पुरुषोतम खतिवडा, चन्द्रपुर नगरपालिका वडा नं. ९ वडा अध्यक्ष गोबिन्द दुलाल लगाएतको आतिथ्यता रहेको थियो । सम्पुणर् अतिथिहरुले संयुक्त रुपमा ५७ दिप प्रज्पलन गरि बार्षिकोत्सवको उद्घाटन गरिएको आयोजक समितिले जनाएको छ । धर्म महोत्सव अवधि भर पंडित श्री पुरुषोतम खतिवडालेले कथा वाचन गर्ने छन । कार्यक्रम फागुन १६ देखि २० गते सम्म पञ्चदिवसिय रुपमा कार्यक्रम संचालन हुनेछ । सो धर्म उत्सव कार्यक्रममा सन्त गुरुजन, अध्यत्मिक प्रवक्ता, धर्म प्रचारक, गायक, कलाकारहरुको उपस्थीतिमा बिभिन्न धार्मीक, संस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजक समितिका सचिव हरि प्रसाद देवकोटाले बताए । श्री कृष्ण प्रणामी मन्दिर नजरपुरले प्रत्यक बर्ष धार्मिक एंव आध्यात्मिक मोक्ष प्राप्त गर्ने कार्यक्रमहरु संचालन गर्ने गरेको छ ।