चन्द्रनिगाहपुर,१९ फागुन ।
चन्द्रपुर नगर पालिका वडा नं ५ को वडा भेला बाट अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघको अध्यक्षमा सुमित्रा देवि चौधरी,उपाध्यक्ष मा ठुलिकान्छि राइ, सचिवमा सुनिता तिमल्सिना,सहसचिव रन्जिता राइ यादव लगाएत १९ सदस्य वडा कमिटी चयन गरिएको नेकपा एमाले चन्द्रपुर ५ का वडा कमिटि उपाध्यक्ष रोशन रामले जानकारी दिएकाछन् ।
त्यसैगरी सो वडामा नेपाल राष्ट्रिय युवा संघको वडा अध्यक्षमा रामकुमार कटुवाल चयन भएकाछन् । सो कमिटिको उपाध्यक्ष सञ्जय बिक,मनिष चौधरी सचिव,कपिल राज दाहाल,सहसचिव, रामकुमार साह,कौसल कुमार गुप्ता सहित ३१ सदस्य कार्य समिति चयन गरिएको छ । सो कार्यक्रमको अध्यक्षता वडा कमिटी का उपाध्यक्ष रोशन राम र प्रमुख अथिति जिल्ला कमिटी सदस्य मुना लामिछाने अथिति जिल्ला कमिटी सदस्य टिका घिमिरे , चन्द्रपुर नगरक मिटि उपाध्यक्ष राजेन्द्र तिवारी , सदस्य एवं वडा इन्चार्ज माधव कुइकेल , अनेम संघका नगर अध्यक्ष खिल कुमारी गौतम, राष्ट्रिय युवा संघ नगर सहसचिव उमेस फुयाल लगायत को उपस्थित मा कार्यक्रम सम्पन्न थियो । वडामा पार्टीले बिभिन्न भातृ संगठनको भेला तथा कमिटि गठनको काम तिब्र रुपमा बढेको वडा कमिटी सचिव नविन राज बराल ले जानकारी दिए । सो अवसरमा नेकपा माओवादी बाट गत निर्वाचनमा प्रत्यासी भएकी गितादेवि बैठा को नेतृत्व मा ३६ जाना नेकपा एमाले मा प्रवेश गरेका थिए ।
उनीहरुलाई प्रमुख अतिथि मुना लामिछाने अविर र टिका लगाएर नेकपा एमालेमा प्रवेस गराएको वडा सचिव बराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here