गुजरा,१९ फागुन । जिल्लाको गुजरा नगरपालिकामा माझी समुदायले धुमधामका साथ कोशी (लदी) पुजा मनाएका छन् । माझी समुदायले मनाउदै आएको कोशी पुजा अर्थात लदी पुजा वर्षमा एक पटक डुगा र खोलाको पानीको पुजा गरि मनाउने गरेको माझी अगुवा काजिमान माझीले बताएका छन् । माझीहरुको एक मात्र पर्व कोशी पुजा रहेकोले यसलाई लोप हुनबाट जोगाउनु पर्ने बताए । उनका अनुसार कोशी पुजा माझी समुदायको अस्तित्वसंग जोडिएकोले यसको जगेर्नाका लागि राज्य र स्वयम् माझी समुदाय नै सक्रिय हुनु पर्ने कुरा बताए ।
रौतहट जिल्लाभरि नै बसोबास गर्ने माझी समुदायको उपस्थिति रहेको उक्त पुजामा माझी समुदायका महिला तथा युवतीहरुले आफ््नो संस्कृती झल्किने पहिरनमा नृत्य तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here