गौर,२३ फागुन ।
स्थतीत भएको नेपाली का“ग्रेसको मतदान आज हुने भएको छ । दुई पक्षबीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औं अधिवेशनअन्तर्गत शनिबार तय गरिएको निर्वाचन स्थगित गरिएको थियो । आज बिहान आठ बजेबाट ५ बजे सम्म मतदान हुने बताइएको छ ।
मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै विवाद बढेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थागित भएको जनाएको थियो । यसअघि शनिबार बिहान ९ बजेबाट मतदान हुने भनिएको थियो । प्राविधिक कारणले १ बजेका लागि सारिए पनि विवाद नमिलेपछि स्थागित गर्नु परेको थियो । क्षेत्र नम्बर ३ का अधिकांश वडाका प्रतिनिधिहरुले अहिलेसम्म प्रमाणपत्र नपाएको र मतदानमा सहभागी हुन कठिन भएको भन्दै वादविवाद बढेपछि लाइनमा बसेका मतदाताहरुले समेत मतदान गर्न पाएका थिएनन् । निर्वाचन अधिकृत दिपकराज रेग्मीले आज बिहानबाट मतदान हुने बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here