गरुडा,२चैत ।
होलिपर्वमा हुने होलिका डहनमा राक्षसरुपि होलिकाको अन्त भएपनी बिधमान समाजमा होलिका प्रवृत्ति कायमै
रहेको पुर्व मन्त्री प्रभु साहले टिप्पणी गरेका छन । गृह जिल्ला रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ अन्तर्गत मंगलबार कटहरियामा आयोजित होलिमिलन समारोहमा संबोधन गर्दै उक्त टिप्पणी गरेका हुन । एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता प्रभु साहले हिन्दुहरुले मनाउने होलि एकता, सदभाव र ऊमँगको पर्व रहेकोे बताएका छन ।
पौराणिक कालमा होलिका रूपी राक्षसको अन्त्य भएपनि होलीका प्रवृति समाजमा अझ हावी नै रहेकोले समाजमा सहि पक्षको बिकासमा जटिलता उत्पन्न भईरहेको उनले बताएका छन ।
होलीका प्रवृतिको अन्त्य गर्ने प्रतिबद्धता सहित समाजमा न्याय, विकास र बदलाव प्रवाहलाई अगाडी बढाउने संकल्प समेत गर्ने आवश्यकता रहेको उनको भनाई छ ।कार्यक्रममा नेता साहका साथै एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, प्रदेश कमिटी उपाध्यक्ष आरती भण्डारी,जिल्ला अध्यक्ष त्रिभुवन साह,फतुवा बिजयपुरकी उपमेयर कान्ति देवि महतो,कटहरिया नगर प्रबक्ता चन्दन कुश्वाहा,कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह,लगायत सैयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सोही अवसरमा श्याम सिंह यादव लगायत एकदर्जन मानिस विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री प्रभु साहले नवप्रवेशिहरुलाई माला र टीका लगाएर स्वागत गरेका थिए ।
पुर्व मन्त्री प्रभु साह मंगलबार कटहरिया,बिर्ती प्रस्टोका,गुजरा,बेदौलि लगायतका स्थानमा एमाले जिल्ला कमिटी द्वारा आयोजित होलिमिलन कार्यक्रममा सहभागी भएका थिए ।