चन्द्रपुर, ६ चैत्र । नेकपा एमाले चन्द्रपुर नगर कमिटीले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रम शुरु गरेको छ । आईतबार चन्द्रपुर नगर कमिटीको बिस्तारित बैठकबाट एमालेले चुनावी अभियान सुरु गरेको हो । केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीय तह चुनाव केन्द्रित कार्यक्रमलाई मतदाता सम्म लैजाने एमाले नगर कमिटीका अध्यक्ष शिव आचार्यले बताए । वडा स्तरमा निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावमा पार्टीका सबै संयन्त्र परिचालन गरिने अध्यक्ष आचार्यले बताए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरे सँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रीत भएको छ । प्रत्यक वडाहरुमा चुनाव केन्द्रीत प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरिने नेकपा एमाले चन्द्रपुर नगर कमिटीले जनाएको छ । विस्तारित बैठकमा एमालेका केन्द्रीय सदस्य उद्ब रेग्मी, प्रदेश कमिटी उप-सचिव आरति भण्डारी, प्रदेश कमिटि सदस्य राजु धामी, खड्ग बम्जन,एमाले जिल्ला कमिटि सचिब बालविक्रम कार्की, निजामति कर्मचारी संगठनका मधेश प्रदेस इन्चार्ज नौतम पोखरेल लगायतको सहभागिता रहेको थियो । एमालेले जिल्लाव्यापी रुपमा कार्यकर्ता प्रशिक्षण, भेला, अन्तरक्रिया लगायत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here