काठमाण्डौ,८ चैत ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको म जन्मे नेपालमा बोलको गीत सार्वजनिक भएको छ ।
केपी ओलीले लेखेको गीत केही दिनअघि बिजी म्युजिक नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा मदनगोपाल र आरके श्रेष्ठको स्वर रहेको छ ।
गीतमा मदन गोपालकै संगीत रहेको छ भने भिडियोलाई श्याम खड्काले निर्देशन गरेका हुन् ।
भिडिओमा सीएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, क्याप्टेन विजय लामा, पूर्व फुटबलर हरि खड्का, तेक्वान्दो खेलाडी दिपक विष्टलगायतलाई फिचर्ड गरिएको छ ।
यसअघि अध्यक्ष ओलीले लेखेको गीत म त भाग्यमानी यूट्युबमा सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here