गौर,८ चैत ।
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागी मधेश प्रदेश को खेलाडी छनौट भएकाछन ।
शनिबार राति मधेश प्रदेश क्रिकेट संघले खेलाडीहरुको सूचि जारी गरेको हो । प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा रौतहटका चार खेलाडीले स्थान पाएकी छिन् । प्रदेशको महिला क्रिकेट टिममा साना प्रविण, मधु राउत, प्रतिमा साह, एलिया यादव, मोनिका साह, प्रियंका गुप्ता, विमला मगर, भूमि सिंह, निक्की कुशवाहा, पुष्पा फुयाल, अंजलि चौधरी, वर्षा ढकाल र तुलसी बिक सहभागी छिन । यसै गरी वैकल्पीक खेलाडीमा अमिषा पटेल, सबनम खातुन, शिवानी सिंह र चान्दनी खातुन रहेकी छिन । राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको म्यानेजर रोजी कडारी र कोच जहुर अंसारीलाई नियुक्त गरिएको छ । रौतहटबाट मधु राउत, मोनिका साह, भूमि सिंह र चान्दनी खातुनले स्थान पाएकी हुन् ।गौर २ कि मधु राउतले यस अघि पनि धनगढिमा भएको सिनियर राष्ट्रिय प्रतियोगितामा भाग लिएकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here