गरुडा,९ चैत । रौतहटमा स्थानीय प्रहरीले सवारी दुर्घटनामा निर्दोष लाई फंसाउन खोजेको भन्दै नेकपा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरेका छ ।
चन्द्रनिगाहपुर गौर सडकखण्डको हर्साहा चौकमा भएको सवारी दुर्घटनामा चालक छोडेर गाडीधनी लाई फसाउन खोजेको भन्दै एमालेका सैयौं कार्यकर्ताहरुले गरुडामा बजारमा मंगलवार प्रर्दशन गरेको थिए ।
पिडीत परिवारलाई न्याय दिन र निर्दोष लाई न फंसाउन आन्दोलनकारीहरुले माग राखेका छन । सयौंको संख्यामा रहेका एमालेका नेता कार्यकर्ताले पिडित परिवार लाई न्याय दे, घटनाको छानबिन समिति गठन गर,निर्दोष फसाउन पाइदैन जस्ता नारा लगाउदै गरुडा बजारमा मंगलवार प्रर्दशन गरेका थिए । गत बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साहा चोकमा जिपले ठक्कर दिदा २ जनाको मृत्यु भएको थियो भने दुइजना प्रहरी घाइते भएका थिए ।नेकपा एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र राजनीतिक पुर्वाग्रह नराख्न आग्रह गरेको थियो । बुधवार राति चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको पिकअप जिपले साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी कुमार ठाकुरको मृत्यु भएको थियो । युवकहरुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको पिकअपले हर्साह प्रहरी चौकीका असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिएको थियो । उनीहरु घाइते छन । घटनापछि मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका थिए । पक्राउ परेका कुन्दन पाण्डेले जीप चलाएको र दुर्घटना भएको बताइएको थियो । घटनाको भोलिपल्ट बिहीबार राती प्रहरीले पक्राउ परेका दुबैजनालाई जिम्मा जमानिमा छोडेको थियो । दुवै लाई आवश्यक परेको बेला हाजिर हुने गरि छाडिएको डिएसपी भण्डारीले बताए । बिहीबारनै मृतकका आफन्त विनोद राउत कुर्मीले ईलाका प्रहरी कार्यालय गरुडामा सवारीधनी नागेन्द्र साहको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । सवारीधनी निर्माण व्यवसायी नागेन्द्र साह एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहका नातामा भाइ हुन । राजनैतिक पुर्वाग्रह राखेर जाहेरी दिएको उनको गुनासो छ । गरुडाका डिएसपी श्रीराम भण्डारीले अनुसन्धानबाटको चालक भन्ने खुल्छ , टेक्निकल अनुशन्धान भैरहेको जनाएका छन । एमाले केन्द्रिय सदस्य तथा निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले सत्ता गठबन्धनका कांग्रेसको ईशारामा आउन लागेको स्थानीय निर्वाचन लाई प्रभावित पार्ने गरि प्रहरी प्रशासनले नाटक गरिरहेको आरोप लगाएका छन । हर्षाहा चौकमा भएको सवारी दुर्घटना दुःखद हो पीडित परिवारले क्षतिपूर्ति तथा दोषीलाई कार्वाही हुनुपर्छ तर दुर्घटनाको बहानामा प्रहरी प्रशासन कुनै पनि अवस्थामा गठबन्धनको कठपुतली बन्नु नहुने कुश्वाहाले जिकिर उनले गरेका छन । दुर्घटना लगत्तै पक्राउ परेका चालक कुन्दन पाण्डे को सट्टा मलाई अर्थात कुन्दन कुश्वाहाको बदनाम गरियो अब सवारी धनी नागेन्द्र साह लाई फंसाउने षड्यन्त्र भएको उनको दाबी छ । पिकअप नागेन्द्र साहले केही बर्ष देखि नगरपालिका लाई भाडामा दिएको जनाएका छन् ।२०७८ चैत ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here