अमृत सापकोटा , चन्द्रनिगाहपुर,१० चैत ।
स्थानीय तहको चुनावको तयारीस्वरूप रौतहटको चन्द्रपुर नगरपालिकाका नेताहरू वडा भेला,कमिटि गठन पार्टी प्रवेस लगाएतका अभियानमा जुटेका छन । दलका प्रतिनिधि अहिले नै वडा वडामा पुगेर संगठन चलायमान बनाएर चुनाव जित्ने रणनिति बनाउन सक्रिय भएका हुन ।
दलका नेताहरू आआफ्नो जितको दाबी पनि गरिरहेका छन । चन्द्रपुर नगरपालिका मेयरका आकांक्षी नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य सूर्य बहादुर थापाले एउटा कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकामा ८० प्रतिशत मत ल्याउने तराई एक्सप्रेससंग दाबी गरे ।
अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निकै बलियो भएको जिकिर गर्दै उनले १० वटा वडामध्ये ८ वडामा कांग्रेसको जित हुने दाबी गरेका हुन । एमालका चन्द्रपुर नगर अध्यक्ष शिब आचार्यको पनि स्थानीय चुनावमा बहुमतले एमाले जित्ने दाबि रहेको छन । नेकपा एमाले फुटेर नेकपा एस बनेको भए पनि एमालेको कुनै पनि मत नकाटिने उनको दाबी रहेको छ । नेकपा एसमा गएकाहरुले अघिल्लो चुनावमा अन्तर्घात गरेकाले चुनाव हार्नुपरेको आचार्यले तराई एक्सप्रेसलाई बताए । यता माओवादी केन्द्रको पनि उस्तै दाबी छ । अघिल्लो निर्वाचनमा २ वटा वडामा जित हासिल गरेको माओवादी केन्द्रले यो निर्वाचनमा अझै राम्रो जित हासिल गर्ने विश्वास लिएको छ । सो पार्टीका स्थानीयले नेताले समाजिक संजालमा आ आफ्नो बिचार पोष्ट गर्दे माओवादी एक्लै चुनाव लडने दावी गर्दै आएकाछन् ।
सो पार्टीका नगर अध्यक्ष टिका आचार्यले आफ्नो पार्टीको संगठन पहिलाको भन्दा मजबुत रहेका कारण पहिला भन्दा राम्रो नतिजा मात्र हैन निर्वाचननै जित्ने दावी गरेकाछन् । यता नेकपा एसले समेत चन्द्रपुर नगरपालिकामा आफ्नो दरो उपस्थिती जनाउनका लागि संगठन बिस्तारलाई तिब्र पारेको सो पार्टीका नेता बाबुराम दहालको भनाइ रहेको छ । नेकपा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांस जनप्रतिनिधि नेकपा एस तिर लागेकाछन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा चन्द्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र गएको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा एमालेले जित हासिल गरेको थियो ।
१० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ४ नेकपा एमालेले ४ र माओवादी केन्द्रले २ वडामा जित हासिल गरेको थियो । यस पालि नेताहरूले दाबी गरे जस्तो कुनै पार्टीले पनि माहोल भने बनाउन नसकेको अगुवाहरूको भनाई रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा नेपाली कांग्रेसमा आन्तरिक कलह र प्यानलबीचको मतभेद अझै कायम नै रहेको छ ।
नेकपा एमालेको जिल्ला कमिटि बिवादको असर तल्लो तह सम्म रहेका कारण यो पटकको स्थानीय तहको निर्वाचन समेत एमालेले भगवन भरोसे लडनु पर्ने अवस्था रहेको सो पार्टीका स्थानीय नेताहरुले बताउदै आएकाछन् ।२०७८ चैत १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।