गौर,११ चैत ।
विश्व बैंकको आर्थिक सहयोगमा रौतहट जिल्लामा भएका विकास निर्माणको काममा चरम आर्थिक अनियमिता भएको र त्यसको छानविनको लागि माग गर्दै एक युवा पा“च दिन देखी गौरको बिपि चोकमा उभिएर बसेका छन् । आर्थिक अनियमिताको बिषयमा छानबिन हुनुपर्ने माग राख्दै गौरका स्थानीय युवा रघुनाथ साह बिगत पांचदिन देखी गौरको बिपि चोकमा तातो घाममा डिङ उभिएर आन्दोलनमा उत्रेका छन् ।
६ बर्ष दुबईमा काम गरेर आएका साहले आफ्नो जिल्लामा विश्व बैंकले दिएको आर्थिक सहयोगमा समेत चरम आर्थिक अनियमिता भएको देखेपछि छानबिनका लागि बिभिन्न निकायमा धाए । तर कतै सुनुवाई नभएपछि स्थानीय सर्बसाधारण जगाउनु पर्छ भन्दै गौरको बिपि चोकमा माईकमा माइकमा राष्ट्रिय गान बजाएर डिङ उभिएर बसेकाछन् ।
साहले देशमा प्रजातन्त्र आएपछि मात्र रौतहट जिल्लामा दुई सय करोड रुपैया सहरी विकास मन्त्रालय मार्फत भएको काममा चरम आर्थिक अनियमिता भएको र भएको काम समेत गुणस्तरहिन भएको भन्दै एक्लै बिरोधमा उत्रेका छन् ।
जिल्लाको गौर नगरपालिका ,राजदेवी नगरपालिका र यमुनामाई गा“उपालिकामा मात्र दुई सयको काम भएको कागजी घोडा दौडाएर आर्थिक अनियमिता भएको र त्यसको छानबिनको माग गर्दै उनले हस्ताक्षर संकलनको काम समेत थालेकाछन् ।
सहरी विकास मन्त्रालयबाट आएको सो रकमबाट बाटो र नाला ३० फिटको चौडाई बनाउनु पर्नेमा कतै १८ फिट र कतै २० फिटको मात्र बनाएर आर्थिक अनियमिता हुदा समेत कसैको ध्यान नगएका कारण रौतहट जिल्ला विकासमा पछाडी परेको साहको तर्क छ ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिलन्यास गरेको ५२ किलोमिटर सडकहरु बरहवा ,ब्रम्ह्पुरी ,बरहवा आंखा अस्पताल ,कबिर चोक –सियाप्यालेस ,नसिंङ क्याम्पस ,मुडवलवा लगाएतका सडकको काम गुणस्तरहिन भएको र त्यसको छानबिन हुनुपर्ने साहको माग रहेको छ ।
सो बिषयमा छानबिन गरेर दोषिमाथि कार्वाहीको माग गर्दै आफुले जिल्ला प्रशासन कार्यालय रौतहट र सहरी विकास मन्त्रालयमा निवेदन दिदा समेत कुनै सुनुवाई नभएपछि आम नागरिकले आफ्नो गाउमा भएको विकासको बारेमा जानकारी राख्नु पर्ने र गुणस्तरहिन काम गर्ने ठेकेदार माथि कार्वाही होस भन्ने हिसावले आफु तातो घाममा उभिर जनता जगाउने काममा लागेको साहले बताए ।
विश्व बैंकले रौतहट जिल्लाका लागि दिएको अनुदानको दुई सय करोड रुपैयाको सहरी विकासको कामको तत्काल अनुसन्धान हुनुपर्ने साहको भनाइ रहेको छ । उनले आफुले कुनै पार्टीको ईसारामा नभएर आफ्नो जिल्लामा आउने विकास बजेटले जिल्लाको समुचित विकास होस भन्नका लागि जनता जगाउने काम थालेको बताएकाछन् । २०७८ चैत ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।