वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक(चोकमा निकै चुनावी बहस हुने गरेका छ । अघिल्लो स्थानिय चुनाव जितेर जनप्रतिनिधि बनिसकेकाहरु पनि आफ्नो निरन्तरताका लागि कार्यकालमा गरेको कामको प्रचार र कोभिडका कारण अनि बिपक्षि दलका प्रतिनिधिका कारण पूर्ण सफल हुन नसकेको बताइरहेका छन । चन्द्रपुरमा यसअघिको चुनावमा नेकपा एमालेलाई करिब ९ सय ५० सय मतले पछि पार्दै नेपाली कांग्रेसबाट रामचन्द्र चौधरी बिजयी भएका थिए । स्थानीय तहको निर्वाचन पछि नगरको विकास निर्माणले गति लिएको नगर प्रमुख रामचन्द्र चौधरी बताउंने गरेका छन । स्थानीय तहको निर्वाचन पछि सबैभन्दा धेरै विकास निर्माणको काम चन्द्रपुर नगरपालिकामा भएको मेयर चौधरीको दाबि रहेको छ । उनको कार्यकाल अब सकिदै छ । पाच बर्षमा चन्द्रपुर नगरमा कस्ता खालका विकासका काम भए ? के(कस्ता बाधा अडचन आए ? अब सामाधानका उपाय के हुन ? फेरि उठ्ने कि नउठ्ने ? भन्ने विषयमा तराई एक्सप्रेसले चौधरीसंग गरेको कुराकानी ।

तपाईंको कार्यकाल सकिदैछ ,नगर प्रमुख भएपछि यहाका जनताले महसूस गर्ने गरी भएका विकासका काम के के हुन ?
भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालयलाई आफ्नै भवनमा ल्याउने योजना थियो । सोही अनुसार प्राथमिकतामा राखेर तिब्रगतिमा भवन निर्माण ग¥यो । अहिले नगरपालिकाले आफ्नो भवनबाटै कार्यसम्पादन गरिरहेको छ । जनप्रतिनिधिको जिम्मेवारी पाए पनि कर्मचारी अभाव जस्ता विविध समस्याले नगरपालिकाको काम अस्तव्यस्त थियो । निकै चुनौती र समस्या भएका बेला नगर प्रमुखको जिम्मेवारी पाएका थियौं । त्यसैले यसको व्यवस्थापन गर्दै नगरपालिकाको कामलाई सरल र सहज बनाउन अग्रसर भयौं । नगरवासीको समस्या वा गुनासोका बारेमा प्रत्यक्ष संवाद गर्दै आएका छौं । कार्यालयमा आएका सेवाग्राहीले नगरप्रमुखसंग सजिलै जिज्ञासा वा समस्या राख्न सक्ने व्यवस्था गरिएको छ, जस कारण नगरवासीकै संलग्नतामा समस्याको समाधान गर्न सकेका छौं । साथै विकासका काममा पनि सहज भएको छ ।
तपाईको पालामा चन्द्रपुरमा कस्ता खालका विकास भए त ?
रौतहट जिल्लामै सबैभन्दा धेरै विकासका काम चन्द्रपुर नगरपालिकामा भएको छ । पूर्वाधार विकासका काममा हामीले तिब्रता दियौ । जिल्लामा सबैभन्दा बढी कालोपत्र यही नगरपालिकामा भएको छ । करीब ८० किलोमिटर सडक स्तरोन्नति गरेर कालोपत्रे गरेका छौ । नगरका बिभिन्न वडामा ४० किलोमिटर सडक ढलाना गरेका छौं । २० किलोमिटर सडकमा हामीले पानी पिच गरेका छौं । नगरलाई स्मार्ट सिटी बनाउने योजना अनुरुप नाला निर्माणका काम गरेका छौ । यस्तै नगरको प्रोफाइल पनि बनेको छ । नगरपालिकाले अनलाइन प्रणालीलाई विशेष जोड दिएर काम गरेको छ । नगरपालिका तथा वडा कार्यालयका सबै जसो काम यसै प्रणालीबाट हुंदै आएका छन । नगर भित्रका माध्यमिक विद्यालयहरूमा कम्प्युटर जडान गरेका छौं । अस्पतालको औषधि लगायत व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ ।

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के देखिए ?
सुरुमा विकास बजेट कार्यान्वयनको मुख्य समस्या र चुनौती भनेको कर्मचारी समायोजन नै रह्यो । पछिल्लो समय आएर विकासका काममा नगरपालिकाले तिब्र गती लिएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनका लागि नगरले कसरी काम ग¥यो त ?
नगरपालिका भित्र सामुदायिक विद्यालय ४६ ओटा छन । यस्तै ४२ ओटा निजी विद्यालय र ५८ ओटा बाल विकास केन्द्र छन । सबै विद्यालयलाई व्यवस्थित गर्दै एकै प्रकारको शिक्षा अवलम्बन गर्ने योजना थिायो ,तर कोरोनाले समस्या खडा ग¥यो । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने योजना नगरपालिकाले बनाएको छ र केही विद्यालयमा शुरुवात समेत भइरकेको छ । आगामी केही वर्ष भित्र सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरू हुनेछ, यसले नगरको शिक्षामा सुधार आउने अपेक्षा गरेका छौं । यसबाट अधिकांश नगरवासी लाभान्वित भएका छन् ।
शहरी विकास तथा व्यवस्थापनका लागि के के गरियो ?
शहरी विकासका लागि चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको अवधारणामा अघि बढेको छ । देशभर प्रस्तावित १३ ओटा स्मार्ट सिटी मध्ये यो नगरपालिका पनि परेको छ । नगरपालिकाले सडक, सूचना तथा प्रविधि लगायत पूर्वाधारको विकासलाई प्राथमिकता दिएको छ । नगरका सबै क्षेत्रमा सूचना तथा प्रविधिको पहुंच पु¥याउने लक्ष्य छ । शहरी विकास अन्तर्गत भौतिक पूर्वाधार विकासमा जोड दिएका छौं । यस्तै पार्क, पर्यटकीय क्षेत्र, खेलमैदान तथा खानेपानीको विकास र व्यवस्थापनमा पनि काम गरियो ।
तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम भयो ?
तोकिएको समयमा विकासको लक्ष्य हासिल गर्ने नगरपालिकाले मापदण्ड अपनाएको थियो । धेरै काम गर्न खोजिए पनि विभिन्न कारण सफल भएका छैनौं । विकास निर्माणको लक्ष्य प्राप्त गर्न दक्ष र प्राविधिक जनशक्तिको पनि आवश्यकता पर्छ । यद्यपि जनताकै माझमा पुगेर योजना छनोट भएकाले जनचाहना अनुसार नै विकासका काम भएकाछन्
पर्यटन विकास र प्रवर्द्धनका लागि नगरपालिकाकाले यो ४ बर्षमा के ग¥यो ?
पर्यटन विकास र प्रवद्र्धनका लागि नगरपालिकाले बृहत् योजना अघि सारेको थियो । नगर क्षेत्रभित्र झरना फेला परेको जंगे झरना जाने बाटोको स्तर उन्नतीको काम भयो । जुन आकर्षणको केन्द्र बन्ने भएकाले यसको विकासका लागि नगरपालिकाले योजना बनाएको छ । नुनथर पर्यटन क्षेत्र, शहीद पार्क, पौराई ब्रम्हथान, कोटिहोम, निजानन्द धाम, डाबरीलगायत धार्मिक तथा पर्यटकीय स्थलमा लगानी गरेका छौं । नगर भित्रका ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन विकास र प्रवर्द्धन गर्ने काम भयो । नुनथरको विकासमा नगरपालिकाले राम्रो लगानी गरेको छ ।
खेलकुदको विकासका लागि नगरपालिकाले यो ५ बर्षमा के ग¥यो ?
चन्द्रपुर नगरपालिका नै जिल्लाभरी एक मात्र नगरपालिका हो जस्ले खेलकुद विकासका हरेक काम गरेको छ । हामीले ५ बर्षमा मेयर कप फुटबल प्रतियोगिता ,उपमेयर कप फुटबल प्रतियोगिता ,अन्र्तराष्ट्रि कराते प्रतियोगिता ,मेयर कप राष्ट्रिय पुरुष कराते प्रतियोगिता ,उपमेयर कप राष्ट्रिय महिला कराते प्रतियोगिता ,क्रिकेट प्रतियोगिता हरेक बर्ष गर्यौ । हाम्रो पहलमा तुलसीलाल स्मृती खेल मैदानलाई जिल्लाकै पहिला रंगसालाका रुपमा हामीले काम अगाडी बढाएका छौं । महिला फुटबलको कारखानाको रुपमा रहेको रौतहटको चन्द्रपुरका महिला फुटबल खेलाडीका लागि हामीले सक्दो सहयोेग गरेका छौं ।
यो ५ बर्षमा कती वटा नयां वडा कार्यलय बने त ?
५ बर्षको अवधीमा हामीले चन्द्रपुर नगरपालिकाका १० वटा वडा मध्य ३,४ र ७ वडाका वडा कार्यलयका भवन बनाएर हामीले उद्धघाटन गरेका छौं । १ नम्बर वडा कार्यलयलाई स्तरउन्नती गरेर सुभिदा सम्पन्न बनाएकाछौं । ५ नम्बर वडा कार्यलय ८ नम्बर वडा कार्यलय निर्माणको अन्तिम चरणमा पुगेको छ । चन्द्रपुर नगरपालिका भवनको तेस्रो तलाको काम भईरहेको छ ।
फेरी पनि तपांई मेयर उठने बजार हल्ला छ ,कुरा के हो ?
जिल्लाका अरु नगरपालिकाको अनुपातमा चन्द्रपुरमा धेरै बिकास निर्माणको कामहरु गरेको छु । नगरबासिको चहना अनुसार काम भएको छ । समग्रमा हामी निर्वाचित भएर आए पछि र त्यस भन्दा पहिलाको चन्द्रपुर नगरपालिका कस्तो थियो र कस्तो भयो भन्ने कुरा नगरबासिले बुझेका छन । तपाईहरुले नै अनुमान लगाउन सक्नु हुन्छ । जिल्लाका अरु नगरपालिकाका बासिन्दाले समेत चन्द्रपुर नगरपालिकाको विकासलाई हेरेर अचम्ममा पर्ने गरेका छन । यस कार्यकालमा अधुरो रहेको कामहरु पूरा गर्न अब एक पटक मेरो उमेद्वारी रहने छ । पार्टीले टिकट पनि मलाई नै दिनेछ भन्ने बिश्वास लिएको छु ।
२पछिल्लो समय नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयर पदका आकंक्षी धेरै देखिए । यसले तपाईलाई केही फरक पार्ला त ?
आकंक्षी धेरै हुनु स्वभाविक कुरा हो । यो नगरनै ठुलो र राजनैतिक चेतना भएका नेताहरुको बासस्थान पनि हो । पार्टीले मैले गरेका काम र कर्तव्यको मुल्याङकन गरेर एक पटक फेरी मेयरको टिकट मलाइनै दिनेमा म विस्वस्त रहेको छु ।
तपाईलाई दोस्रो कार्यकालका लागि फेरी जनताले किन भोट हाल्ने ?
रौतहटका १८ वटा स्थानीय तह मध्य चन्द्रपुर नगरपालिकानै यस्तो नगरपालिका हो ,जहां सबै भन्दा धेरै विकास निर्माणका काम भएकाछन् । हाम्रो नगरको विकास देखेर जिल्लाका अन्य स्थानीय तहका बासिन्दा समेत चकित परेका छन् । त्यसै कारण पनि मलाई यस नगरपालिका जनताले भोट दिएर जिताउनेमा म विस्वस्त छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here