अमृत सापकोटा,
चन्द्रनिगाहपुर,१३ चैत ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक(चोकमा निकै चुनावी बहस हुने गरेका छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । व्यवसायीले सही नेतृत्व छान्न सके व्यापार गर्न सजिलो हुने तिर बहस गरेको देखिन्छ भने किसानलाई किसानमैत्री नेतृत्व आए साँच्चिकै किसानका समस्या बुझ्ने थिए भन्ने लागेको पाइन्छ । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसंग पहुंच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।
अघिल्लो स्थानिय चुनाव जितेर जनप्रतिनिधि बनिसकेकाहरु पनि आफ्नो निरन्तरताका लागि कार्यकालमा गरेको कामको प्रचार र कोभिडका कारण अनि बिपक्षि दलका प्रतिनिधिका कारण पूर्ण सफल हुन नसकेको बताइरहेका छन । २०७४ सालको स्थानीय निर्वाचनमा चन्द्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट रामचन्द्र चौधरी र उपप्रमुख नेकपा एमाले रामरति चौधरीले जित हासिल गरेको थियो । नगरप्रमुख चौधरीले ९ हजार ७ सय ८० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उद्घव रेग्मीले ८ हजार ८ सय ३१, नेकपा माओवादी केन्द्रका युवराज भटराई समिरले ७ हजार ८ सय ९४ मत प्राप्त गरेका थिए ।
१० वडा रहेको चन्द्रपुर नगरपालिकाको वडा नं १, ४, ६ र ८ गरी ४ वटा वडामा नेकपा एमालेले ५, ७, ९ र १० गरी चारवटा वडामा नेपाली कांग्रेसले र वडा नम्बर २ र ३ मा नेकपा माओवादी केन्द्र ले विजय हासिल गरेको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आअफ्ना तर्क रहेका छन । गठबन्धन वा एक्ला एक्लै चुनाव हुदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चलिरहेको पाईन्छ ।
चन्द्रपुरमा यसअघिको चुनावमा नेकपा एमालेलाई करिब ९ सय ५० सय मतले पछि पार्दै नेपाली कांग्रेस बिजयी भएको थियो । अघिल्लो निर्वाचनमा २ वटा वडामा जित हासिल गरेको माओवादी केन्द्रले यो निर्वाचनमा अझै राम्रो जित हासिल गर्ने विश्वासमा छ । सो पार्टीका स्थानीयले नेताले समाजिक संजालमा आ आफ्नो बिचार पोष्ट गर्दे माओवादी एक्लै चुनाव लडने दावी गर्दै आएका छन । यता नेकपा एसले समेत चन्द्रपुर नगरपालिकामा आफ्नो दरो उपस्थिती जनाउनका लागि संगठन बिस्तारलाई तिब्रता दिइरहेको छ ।
नेकपा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांस जनप्रतिनिधि नेकपा एस तिर लागेका छन ।
रामचन्द्र चौधरी
चन्द्रपुर नगरपालिकाको पहिलो मेयर बन्न सफल भएकै कारण पनि नेपाली कागं्रेस भित्र अबको मेयरको उमेद्वार फेरि पनि रामचन्द्र चौधरी नै हुने चर्चा चलेको देखिन्छ । आफ्नो कार्यकालमा चौधरीले चर्चा र आलोचना दुवै बटुलेका छन । चौधरी माथी उनको कार्यकालमा चन्द्रपुर नगरपालिकामा व्यवस्थित बसपार्क, चन्द्रनिगाहपुर चोक र बजारमा पानीको निकास सहितको नाला निर्माण, सरकारी अस्पतालको स्तरउन्नती हुन नसकेको आरोप रहको छ । उनलाई नेपाली कांग्रेस मधेश प्रदेश अध्यक्ष कृष्ण यादब र जिल्ला अध्यक्ष जितेन्द्र यादव निकट नेताका रुपमा हेरिन्छ । हालको नगरप्रमुख भएकै कारण पनि नेपाली कांग्रेसबाट चौधरी नै मेयरको चर्चामा रहेको पाइन्छ ।
सूर्य बहादुर थापा
२०५० सालमा जन जाग्रती माबि सिन्दुरेघारीको इकाइ अध्यक्ष हुदै बिद्यार्थी राजनितिबाट उदाएका थापा अहिले नेपाली कांग्रेस मधेश प्रदेस सदस्य रहेका छन । तिन पटक महाधिवेशन प्रतिनिधी बनिसकेका थापा कांग्रेसभित्र कुशल संगठकका रूपका चिनिन्छन । विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । नगरभित्रका प्राय सबै सामाजिक क्षेत्रमा सक्रिय संघ(संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका थापा मेयरका बलिया दाबेदार हुन । उनलाई नेपाली कांग्रेस मधेश प्रदेश अध्यक्ष कृष्ण यादब र जिल्ला अध्यक्ष जितेन्द्र यादव निकट नेताका रुपमा हेरिन्छ । प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसंग निकटता भएको कारण मेयर टिकट पनि थापाले नै ल्याउने उनका समर्थकहरुको आकलन रहेको छ ।
मुकेश गिरी
यस क्षेत्रमा समाजसेवीको पहिचान बनाएका गिरि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । युवा नेताको पहिचान बनाएका उनि यस क्षेत्रका सम्भावना बोकेका नेताका रूपमा चिनिन्छन । पूरै समय सामाजिक सेवामा खर्चिने गिरि नेपाली कांग्रेस चन्द्रपुर नगर सभापतिमा भारी मतका साथ विजय भएका थिया ।
संघिय सासंद देव प्रसाद तिमल्सिना निकट गिरि मेयरका बलिया दाबेदार हुन । नगर सभापति रहेको कारण अन्यको तुलनामा उनको सम्भावना बढी देखिन्छ ।
अजय साह
वि.सं. २०३४ सालमा नेविसंघमा आवद्ध भइ नेपाली कांग्रेसको राजनितिमा होमिएका साहको नगर प्रमुखको टिकटको अब्बल दावेदार भएको दाबि रहेको छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका साहले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । साहले ०६२ सालमा जन ज्योती उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएर विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएका थिए । साहले मानवअधिकार तथा शान्ति समाजको अध्यक्ष लगायत धेरै संघसस्थामा आवद्ध भएर काम गरिसकेका छन ।
उद्धव रेग्मी
यस क्षेत्रका पुराना समाजसेवीको पहिचान बनाएका उदब रेग्मी यसअघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको मेयरका उमेदवार थिए ।
नेपाली काग्रेंसबाट मेयरका प्रतिस्पर्धीसंग करिब ९ सय ५० मतको अन्तरले हारेका रेग्मी हालको निर्वाचनमा पनि मेयरको दाबेदारका रूपमा देखिन्छन । राजनीतिमा बलियो छाप बनाएका रेग्मी हाल नेकपा एमालेको केन्द्रिय सदस्य र जिल्ला सह ईन्चार्ज हुन ।
चन्द्रनिगाहपुर गाविसको अध्यक्ष समेत भईसकेका रेग्मीले गाविस अध्यक्ष हुंदानै राम्रो काम गरेर चर्चा बटुल्न सफल भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग निकट सम्बन्ध भएका कारण समेत उनलेनै यस पालिको स्थानीय तहको निर्वाचनमा टिकट सहजै ल्याउने उनका समर्थकको आंकलन रहेको छ ।
शिब आचार्य
राजनीतिमा योगदान धेरै गरेका अहिले सम्म अवसर प्राप्त गर्न नसकेका नेताका रूपमा चिनिने शिब आचार्य यसपालि मेयरका लागि बलिया दाबेदार हुन । नेकपा एमालेको चन्द्रपुर नगरको अधिवेशनबाट सर्व(सम्मत अध्यक्ष भएकै कारण शिब आचार्यको मेयरको टिकट पाउने सम्भावना बढेको देखिन्छ । प्रस्ट वक्ताको पहिचान बनाएका उनि एमाले भित्र एक कुशल संगठकको रुपमा चिनिन्छन । राजनीतिमा सक्रिय आचार्य सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । राजनीतिमा बलियो छाप बनाएका आचार्य मेयरका बलिया दाबेदार हुन ।
प्रमोद चौधरी
नेकपा एमालेका युवा नेता प्रमेद चौधरी पनि आउदो स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरका बलियो दावेदार हुन ।
बिगत लामो समय देखी गैर सरकारी संस्थामा रहेर सामाजिक काम गर्दै आएका चौधरी सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । राजनीतिमा बलियो छाप बनाएका चौधरी गैरसरकारी संथ महासंघ रौतहटको जिल्ला अध्यक्ष ,मानव अधिकार एलाईन्समा रहेर काम गरी सकेका छन् ।
नेकपा एमालेको सामाजिक सेवा बिभागको केन्द्रमा रहेर काम गरिरहेकाछन् । चौधरीले आफुले टिकट पाएमा नगरले विकासमा फडको मार्ने दावी गर्दै आएकाछन् ।
बिगत लामो समय देखी नेकपा एमालेमा रहेर काम गरेका चौधरी पनि यस पटकको स्थानीय तहको निर्वाचनमा मेयरको दौडमा रहेकाछन् ।
नेकपा एमाले चन्द्रपुरको लागि मेयरको दौडमा रहेका युवा नेता चौधरी युवाहरुको रोजाइका नेता हुन । हेरौ मेयरको टिकटको दौडमा चौधरी कति सफल होलान ।
बाबुराम दाहाल
नेकपा एकिकृत समाजवादी पार्टीका युवा नेता बाबुराम दाहाल राजनैतिक क्षेत्रमा दुख गरेको र अवसर नपाएका नेताका रुपमा चिनिन्छन् । आउदो स्थानीय तहको निर्वाचनमा मेयरको उमेदवारका रुपमा उनलाई धेरैले हेर्ने गरेकाछन् ।
गएको स्थानीय तहको निर्वाचनमा चर्चित युवा नेताका रुपमा पहिचान बनाउदा बनाउदै पनि उमेदवारी दिनबाट बन्चित भएका थिए ।प्रस्ट बक्ताका रुपमा आफ्नो पहिचान बनाएका दाहाल समाजिक संघ संस्थामा रहेर काम गरीसकेकाछन् । चन्द्रपुर नगरपालिकामा युवाहरु बिच लोकप्रिय नेताको छबि बनाउन सफल रहेका दाहाललाई मेयरको उमेदवारको अब्बल दावेदारका रुपमा हेरिएको छ ।
टिका आचार्य
नेकपा माओवादी केन्द्रको चन्द्रपुर नगर कमिटि अध्यक्ष आर्चाय बिगत लामो समय देखी राजनितिमा सक्रिय रहेकाछन् ।
सामाजिक काममा सक्रिय रहदै पार्टीको कुशल संगठकका रुपमा चिनिदै आएकाछन् ।
प्रस्ट वक्ताको पहिचान बनाएका उनि माओवादी केनद्र भित्र एक कुशल संगठकको रुपमा चिनिन्छन । राजनीतिमा सक्रिय आचार्य सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । राजनीतिमा बलियो छाप बनाएका आचार्य मेयरका बलिया दाबेदार हुन ।
चन्द्रपुर नगरपालिका वडानं २ का स्थानीय बासिन्दा समेत रहेका आचार्यले आफ्नो पार्टीबाट मेयरको टिकट पाउने प्रवल सम्भावना रहेको उनका समर्थकहरुको आंकलन रहेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज भट्टराइ समिर निकट मानिने आचार्य पनि मेयरको उमेदवारको अब्बल दावेदारका रुपमा माओवादी कार्यकर्ता बिच चिनिदै आएकाछन् । नकेपा माओवादी केन्द्रबाट मेयरका आकंक्षी मध्य आचार्यलाई बलिया दावेदारका रुपमा हरीएको छ ।
२०७८ चैत १३ को तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।