नेकपा एमालेबाट चन्द्रपुर नगरपालिकाको मेयरको आकंक्षी पांच जना देखा परेकाछन् । पांचै जनाले एमालेबाट मेयरको टिकटका लागि आ आफ्नो ठांउबाट पहल समेत थालेकाछन् । जिल्लाका अन्य स्थानीय तहमा भन्दा चन्द्रपुर नगरपालिकाको मेयरका लागि पार्टी नेतृत्वले समेत चासोका रुपमा हेरेको छ ।यस्तो अवस्थामा चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट कस्ले मेयरको टिकट ल्याउने हो यो यतीबेला चासोको बिषय बनेको छ ।
राजु धामी
नेकपा एमालेबाट चन्द्रपुर नगरपालिकाको मेयरका आकांक्षीका रुपमा आफुलाई धामीले उभ्याएका छन् । स्वतन्त्र रुपमा प्रदेशसभा सदस्यमा गएको चुनावमा उठेका धामीले राम्रो मत ल्याउन सफल भएका थिए । केही एमाले बिभाजन पछि नेकपा एमालेमा प्रवेस गरेका धामीले आफु चन्द्रपुर नगरपालिकाको मेयरको आकंक्षीका रुपमा प्रस्तुत हुदै आएकाछन् । उनले मेयरको टिकटका लागि पार्टीमा पहल समेत थालेका छन् । खारो बक्ताका रुपमा परिचत रहेका धामीले टिकट पाउनुपर्ने युवाहरुको भनाइ रहेको छ । नेकपा एमालेका युवा नेता धामी चन्द्रपुर नगरको मेयरको टिकटमा प्रवल सम्भाना बोकेका आकांक्षी समेत हुन ।

अखिलेश्वर चौधरी
विद्यार्थी जिवनबाट कम्युनिष्ट आन्दोलनमा लागेका अखिलेश्वर चौधरी पनि चन्द्रपुर नगरपालिकाको मेयरका आकांक्षी हुन । नेकपा एमालेको मधेस प्रदेश कमिटिका सदस्य समेत रहेका चौधरी पढेलेखेका र सालिन नेताका रुपमा रौतहटमा चिनिन्छन् । नेकपा एमालेबाट तत्कालिन समयमा रौतहट ५ नम्बर क्षेत्रबाट संविधानसभा निर्वाचनमा उम्मेदवार समेत रहेका थिए । उनीपनि आंउदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरको आकांक्षी हुन ।
लामो समय सम्म नेकपा एमालेको राजनितिमा सक्रिय रहेका चौधरी वीरगंज नर्सिङ क्याम्पसको स्ववियु सभापति ,युवा संघको केन्द्रीय सदस्य तथा नेकपा एमाले रौतहटको संस्थापक जिल्ला कमिटी सदस्य समेत हुन ।

उद्धव रेग्मी
यस क्षेत्रका पुराना समाजसेवीको पहिचान बनाएका उदब रेग्मी यसअघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको मेयरका उमेदवार थिए ।
नेपाली काग्रेंसबाट मेयरका प्रतिस्पर्धीसंग करिब ९ सय ५० मतको अन्तरले हारेका रेग्मी हालको निर्वाचनमा पनि मेयरको दाबेदारका रूपमा देखिन्छन । राजनीतिमा बलियो छाप बनाएका रेग्मी हाल नेकपा एमालेको केन्द्रिय सदस्य र जिल्ला सह ईन्चार्ज हुन ।
चन्द्रनिगाहपुर गाविसको अध्यक्ष समेत भईसकेका रेग्मीले गाविस अध्यक्ष हुंदानै राम्रो काम गरेर चर्चा बटुल्न सफल भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग निकट सम्बन्ध भएका कारण समेत उनलेनै यस पालिको स्थानीय तहको निर्वाचनमा टिकट सहजै ल्याउने उनका समर्थकको आंकलन रहेको छ ।

शिब आचार्य
राजनीतिमा योगदान धेरै गरेका अहिले सम्म अवसर प्राप्त गर्न नसकेका नेताका रूपमा चिनिने शिब आचार्य यसपालि मेयरका लागि बलिया दाबेदार हुन । नेकपा एमालेको चन्द्रपुर नगरको अधिवेशनबाट सर्व(सम्मत अध्यक्ष भएकै कारण शिब आचार्यको मेयरको टिकट पाउने सम्भावना बढेको देखिन्छ । प्रस्ट वक्ताको पहिचान बनाएका उनि एमाले भित्र एक कुशल संगठकको रुपमा चिनिन्छन । राजनीतिमा सक्रिय आचार्य सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । राजनीतिमा बलियो छाप बनाएका आचार्य मेयरका बलिया दाबेदार हुन ।

प्रमोद चौधरी
नेकपा एमालेका युवा नेता प्रमेद चौधरी पनि आउदो स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरका बलियो दावेदार हुन ।
बिगत लामो समय देखी गैर सरकारी संस्थामा रहेर सामाजिक काम गर्दै आएका चौधरी सामाजिक सेवापनि उत्तिकै सक्रिय छन । राजनीतिमा बलियो छाप बनाएका चौधरी गैरसरकारी संथ महासंघ रौतहटको जिल्ला अध्यक्ष ,मानव अधिकार एलाईन्समा रहेर काम गरी सकेका छन् ।
नेकपा एमालेको सामाजिक सेवा बिभागको केन्द्रमा रहेर काम गरिरहेकाछन् । चौधरीले आफुले टिकट पाएमा नगरले विकासमा फडको मार्ने दावी गर्दै आएकाछन् ।
बिगत लामो समय देखी नेकपा एमालेमा रहेर काम गरेका चौधरी पनि यस पटकको स्थानीय तहको निर्वाचनमा मेयरको दौडमा रहेकाछन् ।
नेकपा एमाले चन्द्रपुरको लागि मेयरको दौडमा रहेका युवा नेता चौधरी युवाहरुको रोजाइका नेता हुन । हेरौ मेयरको टिकटको दौडमा चौधरी कति सफल होलान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here