गरुडा,१४ चैत ।
नेपाली कांग्रेस माधव नारायण नगरपालिकाको मेयर पदमा नेता शंकर राय यादवले दिने घोषणा गरेका छन् । बिगत लामो समय देखी नेपाली कांग्रेसको राजनिति गर्दै आएका यादवले आफुलाई पार्टीले मेयरको टिकट दिए चुनाव जितेर देखाउने बताएकाछन् ।
माधव नारयण नगरपालिकामा नेपाली कांग्रेसको राजनीतिमा सबैभन्दा धेरै योगदान पु¥याउने नेताका रुपमा यादव परिचित रहेकाछन् ।
तत्कालिन माओवादी सशस्त्र द्वन्द्वका बेला आफ्ना परिवारलाई समेत गुमाएका राजनीतिकर्मी यादवलाई नेपाली कांग्रेसले मेयरको टिकट दिनुपर्ने स्थानीय कांग्रेसका नेताहरुको भनाइ रहेको छ ।
दिनरात जनताको दुःख सुखमा हातेमालो गर्दै आएका यादवले लामो समय नेपाली काग्रेस पार्टीमा रहेर काम गरेको अनुभव छ ।
नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका यादवले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह सामाजिक सेवापनि उत्तिकै सक्रिय छन ।
सो नगरपालिकामा भएको अनियमिता र े भ्रष्टाचारको विरुद्धमा बोल्न सधै साहस गर्ने नेता शकर प्रसाद यादव नेपाली काग्रेस रौतहटका जिल्ला सदस्य समेत हुन् ।
नेपाली काग्रेसको प्रदेश समिति र जिल्ला समितिमा पकड भएका यादवलेनै माधव नारायण नगरपालिकाको टिकट पाउन उनका शुभचिन्तकहरुको भनाइ रहेको छ ।