अशोक पहाडी
सर्लाही,१४ चैत । सर्लाहीको रामनगर गा“उपलिकाको प्रमुखमा एक २२ बर्षिय युवाले दावी गरेका छन् । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामनगर गांउपालिका प्रमुखका लागि नेकपा माओवादीका तर्फबाट २२ बर्षका राजाबाबु यादवले दावी प्रस्तुत गरेकाछन् । नेकपा माओवादी सर्लाहीका नेता तथा संबिधानसभा सदस्य शिव पुजन राय यादवका छोरा राजाबाबुले गांउपालिका प्रमुखमा टिकट समेत पाउने स्थानीय नेताहरुले बताएकाछन् ।
गांउको विकासका लागि आफु राजनितिमा आएको बताउने यादवले काठमाण्डौको एपेक्स कलेजबाट बिबिए सम्मको अध्यान गरेकाछन् ।
आफ्नो बाउ बाजेनै राजनितिमा सक्रिय रहेको र त्यसैको फल स्वरुपमा आफुपनि माओवादी केन्द्रबाट गांउपालिका प्रमुखमा चुनाव लडन लागेको बताउने यादवले गांउपालिका प्रमुखको टिकट नेकपा माओवादीले आफुलाईनै दिनेमा उनी विश्वस्त रहेकाछन् । तराई एक्सप्रेससंग सम्क्षिप्त कुराकानी गर्दै २२ बर्षिय युवा यादवले आफ्नो गांउपालिका शिक्षा र स्वास्थ्यमा पछाडी रहेका कारण आफुले चुनाव जिते शिक्षा र स्वास्थ्यमा व्यापक सुधार ल्याउने बताए । माओवादी नेता शिवपुजनका जेठा छोरा राजाबाबुले रामनगर गांउपालिकामा नेकपा माओवादीका तर्फाबाट टिकट पनि आफैले पाउने र चुनाव समेत आफैले जित्ने दावी समेत गरेकाछन् । गांउको विकासका लागि युवा उम्मेदवारलाई सबैले रुचाउने भएका कारण आफुले गांउपालिका प्रमुखमा दावा गरेको र आफैलाई पार्टीले टिकट दिनेमा उनि विस्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here