अमृत सापकोटा
चन्द्रनिगाहपुर,१५ चैत ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चन्द्रपुर नगरपालिकामा महिला उमेदवारको दाबी बढेको छ । अघिल्लो निर्वाचनमा नेतृत्व लिन सफल नभएका महिला नेतृहरु यसपटक हामी कमजोर छैनौं भन्दै मेयरको दाबी गरिरहेको देखिन्छ । चन्द्रपुर नगर क्षेत्रमामा मेयर र वडाध्यक्ष पदको उम्मेदवारका लागि महिला आकांक्षी पनि अघि आएका छन । ठूला दलले दोस्रो पदमा मात्रै उमेद्वार बनाउने तयारी गरिरहेका बेला केही महिला नेतृले भने प्रमुख पद पाउनुपर्ने दाबी गरिरहेको देखिन्छ । समाजिक संजालहरुमा पनि महिलालाई नेतृत्वमा किन पछि पारियो भन्ने सवालहरु आईरहेका छन । यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा एमाले कि महिला नेतृ शारदा कुमारी हुमागाँईको नाम अहिले एमाले भित्र महिला मेयर दाबेदारका रुपमा चर्चामा रहको छ । समाजशास्त्रमा स्नातकोत्तर गरेकि हुमागाँईले उनको राजनैतिक यात्रामा अनेरास्ववियु नारायणी अञ्चल महिला बिभाग प्रमुख भइ कार्य गरिसकेकि छिन । जनज्योति बहुमुखि क्याम्पसकोे सस्थांपक स्वबियुको कोषाध्यक्षमा उनि अत्यधिक मतले निर्वाचित भएकी थिईन । पार्टीको जिल्ला कमिटी हुदै प्रदेश कमिटी सदस्यको जिम्मेवारी पूरा गरिसकेकि उनि हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन । स्थानीय सुशासनको प्रत्याभूति , बिकासका र समृद्धि अघि बढाउन भ्रष्टाचार मुक्त नगरपालिका बनाउन तथा चन्द्रपुर नगरपालिकाको गौरव कायम राख्न सशक्त रुपममा महिला उम्मेदवारको खाचो रहेको महशुस गरि उमेद्वारी दाबी गरेको नेतृ हुमागाँईले तराई एक्सप्रेस दैनिकलाई बताईन । पार्टीले कि महिलाले सक्दैनन् भन्नुप¥यो होइन भने पार्टीले किन अवसर नदिने ? म स्थानीय सरकार चलाउन सक्षम छु । महिलाले अवसर पाए असम्भव केही नरहेको महिला नेतृ हुमागाईको भनाई रहेकोे छ । पार्टीले राजनैतिक योगदानको कदर गरि आफुलाई नै टिकट दिने विश्वास रहेको उनले बताईन । विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएकी उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छिन । नगर क्षेत्रमाका सामाजिक क्षेत्रमा सक्रिय हुमागाई मेयरका बलिया दाबेदार हुन । उनि नेकपा एमाले रौतहटका लोकप्रिय नेता पूर्व जिल्ला अध्यक्ष तुल्सीराज गिरिको जिवन संगिनि हुन । चन्द्रपुर नगरमा प्रमुख दलले मुख्य पदमा महिला नउठाउने सम्भावना देखिन्छ । तर महिला नेतृहरुले मुख्य पदको उम्मेदवारका लागि पार्टीलाई दबाब दिनुपर्ने अभिव्यक्ति दिदै आएका छन ।
संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेको छ ।तर अघिल्लो चोटिको निर्वाचन नतिजा हेर्ने हो भने रौतहटको १८ स्थानीय तह मध्ये एक मात्र महिला प्रमुख छन । यो तथ्यांक हेर्दा अघिल्लोचोटिको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले महिलालाई जाना जान उपप्रमुखको हैसियतमा मात्र राख्न चाहेको देखिन्छ ।२०७८ चैत १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार