चन्द्रनिगाहपुर,१५ चैत । चन्द्रपुर नगरपालिकाको वडानं ५ का वडा अध्यक्ष संजय काफ्ले पनि मेयरको आकांक्षीका रुपमा अगाडी आएकाछन् । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु पनि चन्द्रपुर नगरपालिकाको मेयरको आकांक्षी रहेको काफ्लेको भनाइ रहेको छ । विद्यार्थी राजनितिबाट काग्रेसमा उदाएका काफ्ले चन्द्रपुर नगरपालिकाको वाडनं ५ को वडा अध्यक्ष हुनु पहिला देखीनै युवाहरु माझ लोकप्रिय रहंदै आएका थिए । पछिल्लो समय वडानं ५ को विकास र काफ्लेको कामको मुल्याङकन गर्दै पार्टीले उनलाई मेयरको टिकट दिनुपर्ने युवाहरुको माग रहेको छ ।
नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरका आकांक्षीको बढदै गएको बेला काफ्ले पनि मेयरकै दौडमा रहेकाछन् । मैले कठिन अवस्थामा समेत चन्द्रपुर ५ मा सहजै जित हाँसिल गरें । मलाई पार्टीले मेयरको टिकट दिएमा म जितेर देखाँउछु ,काफ्लेले भने । युवाहरुलाई स्वरोजगार मुलक काम र नगरको बैज्ञानिक विकासको खाका आफुसंग रहेको बताउदै वडा अध्यक्ष समेत रहेका काफ्ले कामको मुल्याङकन गरेर पार्टीले आफुलाई टिकट दिनुपर्ने बताएकाछन् । यस क्षेत्रमा समाजसेवीको पहिचान बनाएका वडा अध्यक्ष समेत रहेका काफ्ले प्रस्ट वक्ताका रूपमा चिनिन्छन । युवा नेताको पहिचान बनाएका उनि यस क्षेत्रका सम्भावना बोकेका नेताका रूपमा चिनिन्छन ।
नेता काफ्लेले आफुलाई नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादव , जिल्ला सभापति सुनिल यादव र कांग्रेसका युवा नेता रबिनचन्द्र कोईरालाको साथ र सहयोग रहेका कारण आफुले टिकट पाउने समभावना बढी रहेको बताएकाछन् ।