गरुडा,१६ चैत । रौतहटको गरुडा नगरपालिकाले कोरोनाको समयमा सर्बसाधारणलाई बांडन ल्याएको राहत कहिएपछि अहिले आएर झाझ खोलामा फालेको छ ।
कोरोना कहरका बेला नगरपालिकाले सर्वसाधारणका लागि किनेको राहत गरुडा नगरपालिकाका मेयरका छोरा अनिल यादवले लुकाएर राखेको र अहिले हेर्दा खाद्ययान्न कुहिएपछि उनले रातारात झाझ खोलामा फाल्न लगाएको स्थानीय बासिन्दा रमेश यादवले जानकारी दिएकाछन् ।
कोरोनाको समयमा सर्वसाधारणलाई राहत नबांडेर आउदो बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आफ्ना मान्छेलाई बांडनका लागि लुकाएर राखेको दाल ,चामल ,तेल लगाएतका खाद्ययान्न खानै नहुने भएपछि तीन दिन देखी मेयर ईनु यादवका छोरा अनिल यादवले झाझ पुलमा फल्न लगाएको स्थानीय बासिन्दाले बताउदै आएकाछन् ।
मेयर यादवका छोरा अनिल यादव आउदा स्थानीय तहको निर्वाचनमा जसपाबाट गरुडा नगरपालिकाको मेयरमा चुनाव लडने तयारीमा रहेका छन् । उनकै ईसारामा गरुडा नगरपालिकामा व्यापक रुपमा आर्थिक अनियमिता भएको स्थानीय बासिन्दाले बताउदै आएकाछन् । गरुडा नगरपालिकाको पियन पदमा कार्यरत रहेका यादवले नगरपालिकामा चरम आर्थिक अनियमिता गरेको र आंउदो चुनावमा आफ्ना मान्छेलाई बांडनका लागि लुकाएर राखेको खाद्ययान्न फालेको कुरा समाजिक संजालमा छरपरपष्ट भएपछि उनी मलाई थहा छैन भन्दै पन्छन थालेकाछन् । २०७८ चैत १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here