लामो समय देखी सहकारी अभियानमा लाग्नु भएका नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)हरिवन कार्यलय ब्यवस्थापन उप(समिति सदस्य,रौतहट बचत तथा ऋण सहकारी संघका निवर्तमान उपाध्यक्ष तथा चन्द्रपुर ५ रौतहट मा रहेको जिल्लाकै गरीमाको रुपमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री बिभु कुमार पोखरेल ज्यु संग ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी तराई एक्प्रेसले गरेको छोटो कुराकानी ।
२विभु सर नमस्कार स्वगात छ यहांलाई आराम कुशल हुनुहुन्छ ?
धन्यवाद,नमस्कार म एकदम आराम छु ।
सर्वप्रथम त बधाई दिन चाहान्छु, तपाईले नेतिृत्व गरीरहनु भएको संकल्प साकोस ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मधेश प्रदेश सरकार बाट उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित तथा पुरष्कृत हुनुभएको मा के भन्न चाहानु हुन्छ ?
धन्यवाद, सहकारीको माध्याम बाट आफ्नो सेवा क्षेत्रमा विक्तिय सेवा प्रदान गरी आफ्ना सदस्यहरु को आर्थिक रुपान्तरण गर्दै पुरैसमाजको विकासमा योगदान पु¥याउने मनसायका साथ २०६५ सालमा संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो ।हाल करिव ६० करोड को कारोवार गर्न सफल यस संस्था आर्थिक समृद्दि र रुपान्तरणको सपनामा आज हामी सबैको अथक मेहनत,संस्था प्रतिको लगाव र अठोटका कारण पुराहुने मार्गमा अगाडी बडदै छ । निति,विधि र प्रविधि ले संस्थालाई सफल सहकारी संस्थाको रुपमा स्थापित गराउन म लगायत संचालक समितिका पदाधिकारी एवं सदस्य ज्युहरु लेखा तथा सुपरिवेक्षण समिति विभिन्न उपसमितिहरु कर्मचारीवर्ग शेयर सदस्यज्युहरु सबैको मेहनत परिश्रम र योगदान परेकोछ तसर्थ यस उपलब्धी पुरुस्कार र सम्मानले हामिलाई अझ लागिपर्नलाई हैसला प्रदान गरेको छ ।
तपाई सहकारी अभियानमा हुनुहुन्छ यस क्षेत्रमा सक्रिय हुनु भएको कति भयो ?
म सहकारी क्षेत्रमा करीव २०६५ साल देखि लागेको हुं र सो बेला बाटै यस क्षेत्रमा आफ्नो सक्रिय सहभागिता जनाउदै आएको छु ।
तपाईले सहकारी क्षेत्रलाई नै रोज्नुको कारण ?
म अध्यान सकेर केहि समय शिक्षण पेशामा लागे सो अवधिमा साथिहरु विच समाजमा केहि योगदान गर्नुपर्छ भन्ने सल्लाहमा सबै क्षेत्र लाई अध्यान तथा अवलोकन गर्दा यस क्षेत्रमा सबैलाई(भाषा धर्म लिंग) एक बनाएर लौजान सक्ने र स्थानिय क्षेत्रमै रोजगारी,शिक्षा,शिप,जस्ता कुरामा जोड दिई समाज परिवर्तनका लागि सबैको सारथि बन्नसक्ने भएकाले नै मैले यो क्षेत्रलाइ रोजेको हु ।यसै उदेश्यले हामिले २०६५ सालमा संकल्प बचत तथा ऋण सहकारी संस्था लि दर्ता गरी संन्चालन ल्यायौ ।
तपाई त यस क्षेत्रमा लाग्नु भएको लामो समय भयो यस क्षेत्रमा के कस्ता संम्भावना देख्नु भएको छ ?
आजको दिन सम्म आइपुग्दा सहकारी को विकास र प्रवर्दन विना दिगो विकास सम्भव छैन समाजको संमृद्धिका लागि सहकारी अपरिर्हाय छ भन्ने कुरामा राज्यले बुभिसकेको अवस्था छ ।समग्र आर्थिक बिकासको १७ हिस्सा सहकारी ले ओगटेको पाइन्छ करिव ७५ लाख भन्दा बेसि जनसंख्या सहकारीमा आवद्ध हुदा १ लाख भन्दा बेसिले रोजगरी को अवसर प्राप्त गरेको देखिन्छ । सहकारी ऐन २०७४ को परिच्छेद २ को दफा ९ मा विशिष्टिकृत सहकारी संघको गठनको ब्यवस्था गरीएको छ ।दफाले जलबिधुत आयोजना,रासायनिक मल कारखाना ,यातायात,कृर्षि उपकरण,फलफुल तथा जडिबुटी प्रशोधन चिनि उधोग,शित भण्डार आदीमा लगानि गरेर बस्तु तथा सेवाको परिपुर्ति गरी ब्यवसायिक संस्था हुनेछ भनेर ब्यवस्था गरीनुले पनि सहकारीमा सम्भावना तथा उज्वल भविस्य रहेको ठान्दछु ।
तपाई लाई सहकारी क्षेत्रमा आएका र आउन सक्ने समस्याहरु के के हुन जस्तो लाग्छ ?
जुन क्षेत्रमा पनि अवसर र चुनैति जोडिएर आएको हुन्छ । सहकारीका समस्या लाई आन्तरीक र वाह्य गरी विश्लेशण गर्न सकिन्छ । आन्तरीक समस्याका रुपमा यसका मुल्य मान्यता अनुसार सदस्य हरुलाई शिक्षित गर्न नसक्नु,अस्वास्थ्य प्रतिसप्रर्धा,एकरुपता प्रणलि नहुनु,साख सुचना आदान प्रदान नहुनु ,संचालकहरुले आफ्नो भुमिका प्रतिको बुझइमा एकरुपता नहुनु कर्मचारी स्थायित्व नहुनु जस्ता समस्या पर्दछन भने स्थानिय सहकारी ऐनको तर्जुमा नहुनु,नियमन तथा अनुगमन नहुनु,यस क्षेत्रका सुचना हरु अध्यावधिक नहुनु जस्ता समस्या हरुलाई वाह्य समस्यको रुपमा लिन सक्छौ ।
यति चुनौति हुदाहुदै स्थानिय तह अर्थात नगरपालिका बाट के कस्ता सहयोगा पाउनु भएको छ ?
तुलनात्मक रुपमा चन्द्रपुर न.पा.ले सहकारी क्ष्ोत्रको विकास र प्रवर्धनका लागि केहि गर्ने खोजेको महसुस गरेको छु । अभियानकर्ताको सुझाव अनुसार अघिल्ला आर्थिक वर्षमा तालिम,गोष्ठि,अवलोकन भ्रमण,शिक्षा जस्ता क्षेत्रमा केहि बजेटको ब्यवस्था गरेको पाइयो तर उत्त कार्यक्रम लाई निरन्तरता भने दिन सकेको पाइएन अझ सम्म पनि नगर सहकारी ऐन ल्याउन नसक्नु दुःख को कुरा हो ।समग्रमा नगरपालिकाले कछुवाको तालमा सहकारीको क्षेत्रमा काम गरेको छ भन्दा फरक नपर्ला जस्तो लाग्छ ।
केहि समय अगाडी तपाइहरुले सहकारी संजालको अवधारणा ल्याउनु भएको थियो अहिले त हरायो नि ?
हो समग्रमा सहकारी विकासका लागि सहकारी संजालको गठन गर्नु पर्छ भनेर यो अवधारणा ल्याएको हो । अझ पनि हाम्रो बुझाई सहकारी भनेको बचत तब ऋण भन्ने मात्र छ ।तसर्थ सबै प्रकृतिका सहकारी हरुलाई अभियान मार्फत सत्रिय बनाउनका लागिनै संजालको गठन गरीएको थियो । एक बिशेस पहल गर्ने ब्यत्ति म नै हुं । नगरभित्र ५०÷६० सहकारी प्रतिनिधिको विचमा यो गठन गरीएको थियो । तर सोचेअनुरुप २ वर्ष देखी यसले गति लिन सकेको छैन र यस विषयमा कुनै जानकारी पनि दिइएको छैन र अहिले सम्म कुनै कार्यहरु पनि गरेको छैन न सहकारी कर्मिहरुसित अन्र्तरक्रिया समेत नहुदा समितिले कार्य गर्न नसकेको भान हुन्छ यस्तैहो भने नया समिति गठन गरी अघि बडनु पर्ने हुन्छ । आज अन्य ठाउमा संजाल सक्रिय हुदा नगरपालिका सकारात्मक हुदा हुदै पनि अभियानकर्ताको तिक्तताले सन्जाल ओझेलमा परेको देखिन्छ ।
तपाई हरुले नगर सहकारी ऐन बनाउन खासैं दबाब दिएको जस्तो लाग्दैन नी ?
नगर सहकारी ऐन आउनु पर्छ भनेर हामी बारम्वार भनिरहेका छौं । व्यक्तीगत रुपमा तथा संस्थागत रुपमा हामीले मेयर,उपमेयर,वडा अध्यक्ष ज्यूहरुलाई भेटेर पटक पटक दवाव दिएका छौँ । यस पटक परिषदमा पेश पनि गरिएको थियो तर पछी के कारणले हो अघि बढ्न सकेन । अब मधेश प्रदेशको सहकारी ऐन पनि प्रदेश सभाबाट पास भयो । आशा गरौं अब हाम्रो नगरपालिकाले पनि नगर सहकारी ऐन चाडै ल्याउने छ ।
६५औं राष्ट्रिय सहकारी दिवस कसरी मनाउन लाग्नु भएको छ ?
विगतका वर्षहरु भन्दा अलि फरक ढंगले यो दिवस मनाउन लागेका छौ । सहकारीकर्मीको लागि चैत २० विशेष उत्सव हो । नगरपालिकाको आयोजनामा गोष्ठि तथा अन्तक्रिया कार्यक्रमको तय गरिएको छ । त्यस्तै राष्ट्रिय सहकारी बैंकले अन्तरक्रियात्मक कार्यक्रम राखेको छ । त्यस्तै मैले नेतृत्व गरेको संस्थाले पनि रचनात्मक काम गर्ने तय गरेका छौं । यो दिनलाई स्मरणयोग्य बनाउने र सहकारीका चुनौतीहरुलाई समाधान गर्ने तर्फ अग्रसर हुने गरी मनाउने छौं ।
तपाईले नेतृत्व गरेको संकल्प वचत तथा ऋण सहकारी संस्थाको बारेमा छोटकरी भन्नु पर्दा के भन्नुहुन्छ ?
हाम्रो संस्था २०६५ सालमा १११ जनावाट करिव ३१००००० लाख रुपैया संकलन गरेर सुरु गरिएके हो । आजको दिनमा ४१०० सेयर सदस्य, करीव ६० करोड को कुल पुजी, ५ करोडको सेयर पुँजी,३८ करोड निक्षेप,५० करोड ऋण लगानि गरेका छौँ । यसको साथै हामीले सदस्य केन्द्रित कार्यक्रम,सामाजिक गतिविधी,व्यवसायिक योजना मार्फत अघि बढेका छौं । आजको दिनमा निति,विधि,प्रविधि युक्त सुशासित संस्था भनेको नै संकल्प बचत तथा ऋण सहकारी संस्था हो भन्न चहान्छु ।
नेपाल सरकारले तोकेको सन्दर्भ ब्याजदरलाई पूर्ण रुपमा कार्यान्वयन गनु भएको छ ?
हाम्रो संस्थाले सन्दर्भ ब्याजदर मात्र हैन नेपाल सरकार सहकारी बिभागले जारी गरेका सूचनाहरु ,निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्ने प्रयत्न गरेका छौ ।सन्दर्भ ब्याजदर नेपाल सरकारले जुन दिन देखि घटाएको छ सोहि दिन देखिनै हामीले पनि सबै प्रकारका ऋणहरुमा घटाएका छौ । तर बढाएको अबस्थमा भने तत्कालै बढाएका छैनौ ।धरै संस्थाहरुले पुरानो ऋणलाई पुरानै ब्याजदर कायम गरेको गुनासो पनि सुन्न्ो गरेका छौ तर हामीले सन्दर्भ ब्याजदरलाई अक्षरश पालना गरेका छौ ।मैले अधि नै भने नियमनको अभाबले सबै सहकारीहरुलाईएउटै डालोमा राखेर हेर्ने गरीनु त्यो हाम्रो दुर्भाग्य हो ।
संस्थाको भाबि योजना तथा कार्यक्रम के कस्ता छन ?
आजका दिनमा अझ कुशलता तर्फ संस्थालाइ अगाडी बढाउने , सदस्य सेवा लाई उच्च प्राथमिकता दिइरहने सन्दस्यलाई आत्म निर्भर बन्न तर्फ बिभिन्न तालिम तथा श्रोतको ब्यबस्थापन गर्ने नगरपालीकाका प्रत्येक घरधुरीबाट कम्तीमा एक(एक जना संस्थमा आबद्दता गराउने , बिभिन्न अत्याधुनिक प्रबिधिको प्रयोग गर्ने, स्वस्थ संस्था निर्माण गर्ने, संकल्पमा आवद्दता भबिष्यको सुनिश्चतता भन्ने नारालाई ब्यबहारीक रुपमा नै कार्यान्वयन गर्नेदिशामा म र मेरो टिमको ध्यान हुने छ ।र समग्र सहकारी अभियानमा संकल्पको एक बिषेश स्थान बनाउन केन्द्रित हुनु नै मेरा भाबि योजनाहरु हो ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
सहकारी संस्थालाई हेर्ने दृष्टिकोणमा परीवर्तन गराउनु छ , ऐन अनुसार राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाइ दण्डको ब्यबस्था हुनु पर्छ । स्थानिय तहबाट सहकारीलाई सकारात्मक सहयोग हुन जरुरी छ । साथै तपाईको पत्रिका मार्फत आफ्ना कुराहरु राख्ने अवसर दिनु भयो यहांको प्रकाशन परीवारलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here